मङ्लबार, असार १८, २०८१
  • होमपेज
  • समाचार
  • एसईई पुरक परीक्षा २३ साउनदेखि सञ्चालन हुने

एसईई पुरक परीक्षा २३ साउनदेखि सञ्चालन हुने

  • सोमवार, असार १७, २०८१
एसईई पुरक परीक्षा २३ साउनदेखि सञ्चालन हुने

माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि (पुरक) परीक्षा २३ साउनदेखि सुरु हुने भएको छ । आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) र शिक्षा मन्त्रालयको बैठकले २३ साउनबाट पुरक परीक्षा सुरु गर्ने निर्णय गरेको हो । ‘२३ साउनबाट ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने निर्णय भएको छ । त्यहीअनुसार बोर्डले तयारी गर्नेछ,’ मन्त्रालयका प्रवक्ता केशवप्रसाद दाहालले भने ।

यसअघि दुई विषयमा नन ग्रेडेड (अनुत्तीर्ण) विद्यार्थीका लागि बोर्डले १८, १९ साउनमा परीक्षा गर्ने सूचना जारी गरेको थियो । तर मन्त्रालयले शुक्रबार दुईभन्दा बढी विषयमा नन ग्रेडेडलाई परीक्षामा सहभागी गराउने निर्णय गरेपछि परीक्षा मिति पछि सरेको हो । अहिले पास भएका र पुरक परीक्षा दिने विद्यार्थीको पढाइमा ‘ग्याप’ कम गर्नका लागि असोजको पहिलो हप्ताभित्र नतिजा सार्वजनिक गर्ने मन्त्रालयले जनाएको छ ।

प्रवक्ता दाहालले भने ‘बोर्डले नतिजा र प्रश्नपत्र तयारको काम गर्ने अरू काम प्रदेशले गरेपछि छिटो र गुणस्तरीय हुन्छ भन्ने हाम्रो बुझाइ छ ।’ बिहीबार प्रकाशित एसईईको नतिजाअनुसार २ लाख ४२ हजार ३१३ विद्यार्थी नन ग्रेडेड भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार