मङ्लबार, असार १८, २०८१
  • होमपेज
  • प्रदेश ७
  • बाजुरा कारागारद्धारा आफ्नै गाडी सञ्चालनमा, चालक नहुँदा समस्या

बाजुरा कारागारद्धारा आफ्नै गाडी सञ्चालनमा, चालक नहुँदा समस्या

  • आइतवार, असार १६, २०८१
बाजुरा कारागारद्धारा आफ्नै गाडी सञ्चालनमा, चालक नहुँदा समस्या

बाजुरा —बाजुरा कारागारले कार्यालयका लागि आफ्नै गाडी सञ्चालनमा ल्याएको छ । कारागारको दैनिक कामकाजका लागि शनिवारबाट कार्यालयले गाडी सञ्चालनमा ल्याएको हो ।

कारागार व्यवस्थापन विभागसँग अनुमति लिएर २०८१ जेठ २९ गते गृह मन्त्रालय अन्तर्गत सचिव स्तरिय निणर्य बमोजिम जिल्ला प्रशासन कार्यालय बाजुरा, प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलको विशेष सहयोगमा कार्यालयले गाडी सञ्चालनमा ल्याइएको बाजुरा कारागार प्रमुख जेलर अनिलकुमार तिवारीले बताएका छन् । जिल्ला प्रशासन कार्यालय बाजुराको गाडी मर्मत गरेर टाटा सफारीको बागमति एए ६५७७ नम्बरको गाडी सञ्चालन गरिएको प्रमुख जेलर तिवारीले बताए ।

कारागारले आफ्नै गाडी सञ्चालन पछि कैदीबन्दीहरुलाई न्यायिक निकायसम्म लैजान, दैनिक कामकाज, कैदी स्थान्तरण र नेपाल सरकारले तोकेको मापदण्ड अनुसार आपतकालिन विपद्जन्य घटना लगायतमा सहजता हुने भएको छ ।

कारागारका लागि गाडी ल्याएपनि चालक नहुँदा समस्या भइरहेको जेलर तिवारीले बताए । उनका अनुसार हाल अत्यावश्यक कामका लागि कार्यालय प्रमुखले नै चलाइरहेको र गाडी चालकका लागि दरबन्दीको पहल भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार