मङ्लबार, असार १८, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिकाका ११ बिध्यालयमा १ बिध्यालय शुन्य २ मा १/१ जना उत्तिर्ण

बडिमालिका नगरपालिकाका ११ बिध्यालयमा १ बिध्यालय शुन्य २ मा १/१ जना उत्तिर्ण

  • आइतवार, असार १६, २०८१
बडिमालिका नगरपालिकाका ११ बिध्यालयमा  १ बिध्यालय शुन्य २ मा १/१ जना  उत्तिर्ण

बाजुरा– बडिमालिका नगरपालिकामा रहेका सामुदायिक बिध्यालयको एसइइ परिक्षाको नतिजा खस्कीदै गएको पाइएको छ । सामुदायीक र संस्थागत गरि ११ माध्यामिक बिध्यालयको नतिजामा केही बिध्यालयकाे नतिजामा निराशाजनक  देखीन्छ ।
बडिमालिका नगरपालिका ६ मा रहेको नेपाल राष्ट्रिय माबिका ६७ जना एसइइ सहभागी रहेकोमा सबै बिध्यार्थी अनुउत्तिर्ण भएका छन । नगरपालिका भरि शुन्य नतिजा ल्याउने बिध्यालयमा नेपाल राष्ट्रिय माबि नै रहेको छ । त्यसै गरी चोयाकोट माबिमा ३४ जनामा १ जनाले एसइइ उत्तिर्ण गरेका छन  । सत्यबादि माबिमा २९ जनामा १ जना, लक्ष्मी माबिमा २१ जनामा २ जना बिध्यार्थी उत्तिर्ण गरेकाे  शिक्षा बिकास तथा समन्वय ईकाई बाजुराले जनाएको छ ।
त्यसै गरी बडिमालिका इङ्लीस बोडिङ स्कुलमा ५ जनामा २ जना, कैलाशेस्वरी माबिमा १८ जनामा १० जना,  मालिका माबि खुलातर्फ १३ जनामा २ जना, जाल्पादेवी माबिमा २६ जनामा ५ जना, ज्ञानोदय माबिमा ११ जनामा ५ जना उत्तिर्ण भएका छन । मालिका नमुना माबिमा २ सय ६८ जनामा १ सय २३ जना उत्तिर्ण भएका छन भने, क्रियटर जोन एकेडेमी बोडिङ स्कुलका सत प्रतिशत अर्थात एसइइ दिएका १८ जनामा सबै बिध्यार्थी उर्तिण  भएका छन ।   क्रियटर जोन एकेडेमीमा अध्यानरत १ जना छात्रले जिल्लामै सबै भन्दा बढि नम्मर ३ दशमलव ८० प्रतिशत जिपिए ल्याएर उत्कृष्ठ भएका छन । उत्कृष्ठ हुने छात्रमा किरण कुमार खड्का रहेका छन ।
बडिमालिका नगरपालिकामा सत प्रतिशत ल्याउने जिल्लामै उत्कृष्ठ बिध्यालयको रुपमा क्रियटर जोन एकेडेमी रहेको छ भने बिध्यार्थी अनुपातमा बडिमालिका इग्लीस बोडीङ स्कुलले ६० प्रतिशत, कैलाशेस्वरी माबि मनामा ५५ दशमलव ५६ प्रतिशत बिध्यार्थी उत्तिण भएका छन । त्यसै गरी  मालिका नमुना माबि ४५ दशमलव, ९ प्रतिशत, ज्ञानोदय माबिमा ४५ दशमलव ४५ प्रतिशत रहेको शिक्षा बिकास तथा समन्वय ईकाई बाजुराले जनाएको छ ।
त्यस्तै मालिका माबि खुलातर्फ १५ दशमलव ३८ प्रतिशत रहेको छ भने जाल्पादेबि माबिका १९ दशमलव २३ प्रतिशतले उत्तिणर् गरेका छन । लक्ष्मी माबिमा ९ दशमलव ५२ प्रतिशत, सत्यबादी माबिमा ३ दशमलव ९४ प्रतिशत र चोयाकोट माबिका २ दशमलव ९४ प्रतिशत बिध्यार्थीले एसइइ परिक्षा उत्तिर्ण गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार