मङ्लबार, असार १८, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा भोली देखी पुन ८ दिनसम्म बिद्युत सेवा अवरुद्ध हुने

बाजुरामा भोली देखी पुन ८ दिनसम्म बिद्युत सेवा अवरुद्ध हुने

  • शनिबार, असार १५, २०८१
बाजुरामा भोली देखी पुन ८ दिनसम्म बिद्युत सेवा अवरुद्ध हुने

बाजुरा– भोली देखि असार २२ गतेसम्म बाजुरामा राष्टिय लाइनकाे बिद्युतिय सेवा अवरुद्ध हुने भएको छ । नेपाल बिद्युत प्राधिकरण बाजुरा बितरण केन्द्र मार्तडी बाजुराले एक सुचना जारी गर्दै असार ५ गतेदेखि १५ गतेसम्म फरक समयमा बिद्युत सेवा अबरुद्ध हुने भनिए पनि माैसम प्रतिकुलका कारण लाइन मर्मतमा समस्या भएकाेले थप ८ दिन थपिएकाे  जनाएको छ ।

बाजुरा बितरण केन्द्र अन्तर्गत निर्माण भईसकेको ३३/११ के.भि.बाजुरा सबस्टेशन देखि ३३/११ के.भि.साँफेबगर सबस्टेशन सम्म सबस्टेशन अन्तरर्गतको लाईन जडान कार्य तथा ३३ के.भि.प्रशारण लाइन साँफेबगर देखि मार्तडी सबस्टेशन सम्म मर्मत सम्भार तथा सुधार गर्नुपर्ने भएकाले असार१ ५ देखि २२ गतेसम्म थप  बिद्युत सेवा अबरुद्ध हुने बाजुरा बितरण केन्द्र बाजुराको कार्यालयले जनाएको छ ।

असार ५ गतेदेखि १५ गतेसम्म बिहान ६ बजेदेखि साढे १० सम्म र दिउँसो ३ः३० देखि साँझ ७ः३० सम्म लाइन सटडाउन रहने र सार्वजनिक बिदा परेको दिन वा शनिबारको दिन बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म अबरुद्ध हुने प्राधिकरणले सार्बजनिक सूचनामा उल्लेख गरिएकाेमा आजदेखी थप ८ दिन अर्थात असार २२ गते सम्म समय थप गरिएकाे जनाएकाे छ ।

May be an image of text

चर्चामा

सम्बन्धित समाचार