• होमपेज
  • समाज
  • गुल्मीमा पहिरोले घर पुर्दा एकै परिवारका पाँच जनाको मृत्यु

गुल्मीमा पहिरोले घर पुर्दा एकै परिवारका पाँच जनाको मृत्यु

  • शनिबार, असार १५, २०८१
गुल्मीमा पहिरोले घर पुर्दा एकै परिवारका पाँच जनाको मृत्यु

गुल्मी— गुल्मीमा गए राति परेको वर्षाका कारण पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । गए राति मालिका गाउँपालिका–६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर पहिरोले पुरिँदा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

प्रहरीका अनुसार ५६ वर्षीय भेषबहादुर विक, उनकी श्रीमती ४७ वर्षीया सुन्तली, बुहारी ३० वर्षीया सीता बिक, ७ वर्षीया सपना विक र २ वर्षीया विपना बिक पहिरोमा पुरिएर मृत्यु भएको हो। उनीहरु मृत अवस्थामा फेला परेका हुन्।null

उनको ढुङ्गा माटोले बनेको २ तले टिनले छाएको घरमा माथिबाट ढुङ्गा,माटो सहितको पहिरो आई घर पूर्णरुपमा पुरिएको हो। इस्मा प्रहरी चौकीबाट उद्धारका लागि प्रहरी टोली घटनास्थलमा पुगेको थिए। स्थानीय र प्रहरीले उनीहरुलाई पहिरोबाट निकालेका हुन्।

यता पहिरोले मुसिकोट नगरपालिका -२ पौवाका यमबहादुर सिंहको घर पनि पुर्ण रुपमा क्षति भएको छ। बर्षापछि आएको पहिरोले उनको घर उच्च जोखिममा रहेको छ।

पानीका कारण सडक,विद्युत अवरुद्ध भएको स्थानीय महेन्द्र घिमिरेले जानकारी दिए । पानीका कारण जिल्लामा रहेका विभिन्न ठाउँका खोला बढिरहेका छन् । पहिरोले केही गाउँबस्ती जोखिममा देखिएका छन् भने अन्नबाली पुरिएको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार