• होमपेज
  • स्वामिकार्तिक खापर
  • मुक्तीकोटमा कुपोषणबाट बालबालिकाको मृत्यु प्रति एमाले बाजुराको ध्यानाकर्षण

मुक्तीकोटमा कुपोषणबाट बालबालिकाको मृत्यु प्रति एमाले बाजुराको ध्यानाकर्षण

  • शनिबार, असार १५, २०८१
मुक्तीकोटमा कुपोषणबाट बालबालिकाको मृत्यु प्रति एमाले बाजुराको ध्यानाकर्षण

बाजुरा– जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका वडा न १ मुक्तीकोटमा कुपोषणबाट एक महिनामा दुई बालबालिकाको मृत्युप्रति नेकपा एमालेले सरकारको ध्यानाकर्षण गराएको छ । नेकपा एमाले जिल्ला कमिटि बाजुराले प्रेश बक्तब्य जारी गर्दै कुपोषणबाट एकै महिनामा दुई बालबालिकाको पिडादायी घटनाले पार्टीको समेत गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
मानव अधिकारको बिस्वब्यापी मान्यता, मानव अधिकार सम्बन्धी महासन्धी अनुसार यो घटनाले सरकार राज्य नै गैरजिम्मेवार बन्नुका साथै मान्छेका आधारभुत आबस्यकता प्रति राज्य उदाशिन बनेको नेकपा एमालेको प्रेश बक्क्तब्यमा उल्लेख गरिएको छ ।
कुनै पनि मानिसले स्वस्थ्य र मर्यादित जीवन यापन गर्न पाउनुपर्दछ कुनै पनि नागरिकले कुपोषणबाट अकालमा ज्यान गुमाउनु भनेको मानव अधिकारको बिस्वब्यापी मुल्य र मान्यता तथा मानव अधिकार सम्बन्धी घोषणापत्रको बिरुद्ध रहेको नेकपा एमाले बाजुराका सचिव काँशी बहादुर विकको हस्ताक्षेरीत बक्तब्यमा उल्लेख गरिएको छ ।
पार्टीले सो घटना दुखद भएको र यस्ता घटना नदोहोर्याउन सरकार र सरोकारवालाहरुको ध्यानाकर्षण समेत गरेको छ । नेकपा एमाले बाजुराले पिडीतहरुलाई उचित क्षेतीपुर्तीका लागि सकारसंग जोडदार माग गरेको बक्तब्यमा उल्लेख गरिएको छ ।

No description available.

चर्चामा

सम्बन्धित समाचार