• होमपेज
  • बुढीगंगा
  • बुढिगंगामा नेता शिक्षक भएका विद्यालयमा एसईईको नतिजा न्युन

बुढिगंगामा नेता शिक्षक भएका विद्यालयमा एसईईको नतिजा न्युन

  • शनिबार, असार १५, २०८१
बुढिगंगामा नेता शिक्षक भएका विद्यालयमा एसईईको नतिजा न्युन

बाजुराबाजुराको बुढिगंगा नगरपालिमा रहेका सामुदायिक विद्यालयमा नेता शिक्षक भएका विद्यालयमा एसईईको नतिजा न्युन देखिएकाे छ । बुढिगंगा नगरपालिका एसईईमा २० दशमलव ३२ प्रतिशत उत्तीर्ण भएका छन् ।

नगरपालिकामा ८ वटा विद्यालयबाट ३ सय १५ जना विद्यार्थी एसईईमा सहभागी भएका थिए । जसमा ६४ जना उत्तीर्ण भएका छन् । ग्रेडवृद्वि अर्थात दुई बिषय लागेका १ सय ५ जना रहेका छन् । शिक्षक नेता भएका विद्यालयको नतिजा भने निकै दयनिय अवस्थामा रहेको छ । त्रिशक्ति मावि र पशुपति माविमा माविसम्म पूर्ण दरबन्दी भएपनि नतिजा भने लाजमर्दाे देखिएकाे छ ।

नगरपालिकामा नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय उपा‍ध्यक्ष तथा सुदूरपश्चिम इन्चार्ज तुला बहादुर थापा, नेपाल शिक्षक महासंघ बाजुराका अध्यक्ष पुर्ण बहादुर खाती, नेपाल राष्ट्रिय शिक्षक संगठन बाजुराका अध्यक्ष राम बहादुर रावल, नेपाल राष्ट्रिय शिक्षक संगठन नगरकमिटी अध्यक्ष मनिराम जैशी रहेका विद्यालयको नतिजा न्युन आएको छ ।

नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय उपाध्यक्ष तथा सुदूरपश्चिम इन्चार्ज तुला बहादुर थापा र नेपाल राष्ट्रिय शिक्षक संगठन नगरकमिटी अध्यक्ष मनिराम जैशी पढाउने विद्यालय पशुपति मावि हो । उक्त विद्यालयमा २५ जना मध्ये १ जना मात्र उत्तीर्ण भएका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठन बाजुराका अध्यक्ष राम बहादुर रावल रहेको विद्यालय त्रिशक्ति माविमा ३८ मा ४ जना मात्र उत्तीर्ण भएका छन् । रावल त्यहि विद्यालयका प्रअ समेत हुन् ।

नेपाल शिक्षक महासंघ बाजुराका अध्यक्ष पुर्ण बहादुर खाती भएको विद्यालय थुमा माविमा २७ मा ६ जना मात्र उत्तीर्ण भएका छन् । उनि पनि थुमा माविका प्रअ हुन् । नेता भएकै विद्यालयको परीक्षाफल अन्य विद्यालयहरुको तुलनामा निकै कमजोर रहेको बुढिगंगा नगरपालिकाले जनाएकाे छ ।

प्राविधिक धार तर्फ भानुदय माविको ३९ दशमलव ५३ प्रतिशत उत्तीर्णभएका छन् । साधारण तर्फ भने सिगाडामा माविको ३३ दशमलव ३३ प्रतिशत उत्तीर्ण पालिकामा सबैभन्दा बढी भएका छन् । सबैभन्दा कम पशुपति माविमा एक जना मात्र उत्तीर्ण भएका छन् । शिक्षक नेता मात्र नभई माविसम्म पूर्ण दरबन्दी भएका विद्यालयहरुको परीक्षाफल न्युन आउनुले विद्यालयको पठनपाठनमा समेत प्रश्न खडा भएको छ ।

चर्चामा

सम्बन्धित समाचार