• होमपेज
  • समाज
  • बाजुरामा गाँजा र खैरो हिरोइन सहित दुई जना पक्राउ

बाजुरामा गाँजा र खैरो हिरोइन सहित दुई जना पक्राउ

  • शुक्रबार, असार १४, २०८१
बाजुरामा गाँजा र खैरो हिरोइन सहित दुई जना पक्राउ

बाजुरा —बाजुरामा गाँजा र खैरो हिरोइन सहित दुई जना पक्राउ परेका छन् । बिहिवार दिउँसो बुढीगंगा नगरपालिका वडा नम्बर ७ बायलगाउँ बस्ने २१ वर्षका बाबुराम खड्का र खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ५ का दीपक रावतलाई पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

बायलगाउँका स्थानीय बाबुराम खड्काको कुखुरा फर्ममा लागु औषध सेवन गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुको साथबाट खैरो हिरोइन चार सय १० मिलिग्राम, ६ सय १० मिलिग्राम गाँजा र लागु औषध जोख्ने डिजिटल तराजु एक थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक रविन्द्रसिंह कार्कीले बताए ।

गोप्य सुचनाका आधारमा दुबै जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार