• होमपेज
  • बडिमालिका
  • साहस नेपालद्धारा शिक्षा निति सम्बन्धी पालिका स्थरिय कार्याशला गाेष्ठीकाे आयाेजना

साहस नेपालद्धारा शिक्षा निति सम्बन्धी पालिका स्थरिय कार्याशला गाेष्ठीकाे आयाेजना

  • बिहिबार, असार १३, २०८१
साहस नेपालद्धारा शिक्षा निति सम्बन्धी पालिका स्थरिय कार्याशला गाेष्ठीकाे आयाेजना

बाजुरा–  बिद्यालय सुधार योजना र शैक्षिक गुणस्तर वृद्धिका लागि बाजुरा जिल्लाको बडिमालिका नगरपालिकामा शिक्षा नितिका बिषयमा १ दिने कार्यशाला गोष्ठीको आयोजना गरिएको छ । सहयोगी हातहरुको समुह साहस नेपालको आयोजना र बडिमालिका नगरपालिकाको समन्वयमा गोष्ठीको आयोजना गरिएको हो । बडिमालिका नगरपालिका लगायत जिल्लाका ३ वटा स्थानिय तहमा शिक्षा क्षेत्र सुधारका लागि काम गर्दै आएको साहस नेपालले बडिमालिका नगरपालिकामा पालिका स्तरमा बनेको निती कार्यान्वयन र हाल सम्मका उपलब्धी तथा आगामी कार्यका लागि छलफल, अन्तरक्रिया र योजना प्रस्तुत भएको गरिएको थियो ।
साहस नेपालद्धारा संचालित समाबेशी तथा गुणस्थिरिय शिक्षा परियोजनाद्धारा संचालन गरिएको बडिमालिका नगरपालिकाका बिभिन्न वडामा रहेका विद्यालयको अवस्था र संचालन भएका शैक्षिक गतिविधिको बारे साहस नेपालका कार्यक्रम संयोजक दिल बहादुर धामीले प्रस्तुतीकरण गरेका थिए । सन २०२१ देखी बिध्यालय सुधार तथा गुणस्थर सुधारमा परियोजनाले बिभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको साहस नेपालका परियोजनाका कार्यक्रम संयोजक धामीले बताए । कार्यक्रमको उदेस्य र बिद्यालय सुधार र शैक्षिक गुणस्तर बारे साहस नेपालका कार्यक्रम संयोजक  धामीले सहजीकरण गरेका थिए ।
सामुदायिक विद्यालय संचालनमा रहेका “बिद्यालय सुधार र विकास योजना” निर्माण गरेर गुणस्तर वृद्धिका लागि अघि बढेको र थप पालिकाले पनि यसमा जोड दिएको बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले बताएका छन । बडिमालिका नगरपालिका प्रमुख अमर खड्काको अध्यक्षतामा संचालन भएको कार्यक्रममा बडिमालिका नगरपालिका शिक्षा समितिका पदाधिकारी पत्रकार लगायतको उपस्थिती रहेको थियो । साहस नेपालका प्रतिनिधी उमेश बोहराले संचालन गरेको कार्यक्रममा बिभिन्न बिध्यालयका प्राधानाध्यापक, बिध्यालय ब्यबस्थापन समिति समेतको सहभागीता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार