• होमपेज
  • समाज
  • बाजुराको मुक्तिकोटमा कुपोषणले फेरी अर्को वालकको मृत्यु

बाजुराको मुक्तिकोटमा कुपोषणले फेरी अर्को वालकको मृत्यु

  • बिहिबार, असार १३, २०८१
बाजुराको मुक्तिकोटमा कुपोषणले फेरी अर्को वालकको मृत्यु
बाजुरा–कुपोषणको कहरका रुपमा चिनिने बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको मुक्तिकोटमा दुइ बालवालिकाको मृत्यु भएको छ । बुधवार साझ मात्र अर्को बच्चाको मृत्यु भएको छ । कुपोषणले थलिएकी वडा नम्बर १ बस्नेदुमली विककी १७ महिने छोरी जमुना विकको १ हप्ता पहिला र वडा नम्बर २ बस्ने रुपसरा न्यौपानेको १४ महिनाका सन्तोष न्यौपानेको बुधवार साझ मृत्यु भएको मुक्तिकोट स्वास्थ्य संस्थाका इन्चार्ज वृज विकले वताएका छन् । 
इन्चार्ज वृजका अनुसार मृतक जमुनाको आर्थिक अभाबका कारण मृत्यू भएको वताए । १७ महिने छोरी कुपोषण बाट प्रभाबित भैरहदा आमाको पेटमा अर्को बच्चा रहेको र श्रीमान भारतमा रहेकाले उपचार गर्न नसकेको पाइएको छ ।  
मुक्तिकोट स्वास्थ्य चौकीले रिफर गरेपनि अन्यत्र लिने पैसा नहुदा मृत्यु भएको हो । बाजुराको सदरमुकाम मार्तडीमा रहेको अस्पताल बाजुरामा पोषण पुर्नस्थापना केन्द्र भएपनि त्यहाँ सम्म पुगाउने पैसा नहुदा मृत्यु भएको हो । सन्तोष न्यौपानेको मुक्तिकोट स्वास्थ्य चौकी मार्फत उपचार भइरहेको थियो । उनि जोखिम अबस्थामा थिए, उनको पनि मृत्यु भएको वृज विकले वताए । 
मुक्तिकोट गाउँमा बैशाख यता मात्र २१ जना कडा कुपोषित बालवालिका रहेको इन्चार्ज वृज विकले वताएका छन् । २१ वालवालिकाले स्वास्थ्य संस्था मार्फत उपचार गरिरहेको उनले वताए । गाउँमा कुपोषणको निकै कहर रहेको छ, हामीले कडा कुपोषित बच्चा मात्र उपचार गर्ने गरेका छौ, बाँकि मध्यम र सामान्य धेरै वालवालिका कुपोषण रहेको वृजले वताएका छन् ।
रिता विककी १३ महिनाकी छोरी सलिना विक कडा कुपोषण बाट ग्रस्त रहेकी छन् । घरमा पोषिलो खानेकुरा नहुदा सलिना मात्र नभइ आमा रिता पनि कुपोषणको सिकार बनेकी छन् । उनका अन्य सन्तान पनि कुपोषित रहेका छन् । स्थानियका अनुसार २०७९ साल यता मात्र १३ जना बालवालिकाको मृत्यु भएको छ । सधैका बर्षमा कुपोषणले यो गाउँमा बालवालिकाको मृत्यु हुने गरेको छ । २०७८ सालमा मात्र ८ जनाको मृत्यु भएको मुक्तिकोट स्वास्थ्य चौकीले वताएको छ । 
२०७८ सालमा बिभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित पछि गाउँपालिकाले कुपोषणका बारेमा अध्ययन गरेको थियो । मुक्तिकोट गाउँका ३ सय ८ परिवारमा निकै कुपोषण दर निकै रहेको प्रतिवेदनमा उल्लेख गरेको थियो ।  रिपोर्टमा वालवालिका मात्र नभइ किशोर, किशारी, बयबृद्ध, महिला, गर्भवती तथा सुत्केरी आमा कुपाषित रहेको तथ्याङमा उल्लेख छ । मुक्तिकोटमा उच्च प्रजनन दर, उच्च बाल मृत्यु दर, परिवार नियोजन को साधन को प्रयोग न्यून रहेको स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ ।
  
मुक्तिकोट गाउँमा बर्षेनी धेरै वालवालिका कुपोषणको चपेटामा परेको भएपनि राज्यको ध्यान नगएको स्थानिय डबल बिकले वताएका छन् । कुपोषणले बच्चा मर्ने यहाँका लागि सामान्य रहेको उनले वताएका छन् । मुक्तिकोटमा सबै परिवार दलित परिवार रहेका छन् । यो नेपालको सबैभन्दा गरिब गाउँका रुपले परिचि गाउँमा रुपमा रहेको छ । 
गाउँमा सतप्रतिशत बालविवाह रहेको छ । यहाँ २० बर्ष कटेका कुनै ब्यक्ति अविवाहित नभेटिने गरेका छन् । गरिब र अभाब भएपनि धेरै सन्तान जन्माउने गरेका छन् । 

चर्चामा

सम्बन्धित समाचार