• होमपेज
  • समाचार
  • सुदूरपश्चिममा बन्न सकेन विपद् प्रतिकार्य कार्ययोजना

सुदूरपश्चिममा बन्न सकेन विपद् प्रतिकार्य कार्ययोजना

  • बिहिबार, असार १३, २०८१
सुदूरपश्चिममा बन्न सकेन विपद् प्रतिकार्य कार्ययोजना

केही दिनयता सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा पनि नियमित वर्षा भइरहेको छ । यसअघि नै जल तथा मौसम विज्ञान विभागले यस वर्ष मनसुनमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको वर्षाको आकलन गरिसकेको छ ।
विभागका अनुसार सुदूरपश्चिम प्रदेशको उत्तर पश्चिम भूभाग, बागमतीको दक्षिण पूर्वी भूभाग, मधेस प्रदेशको मध्य भूभाग र कोशी प्रदेशको मध्य तथा मध्यपश्चिम भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको बताएको छ । जसबाट यो वर्ष धेरै नागरिक प्रभावित हुन सक्ने आकलन गर्दै सचेत समेत गराइसकेको छ ।
तर सुदूरपश्चिम प्रदेश सरकारले हालसम्म मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना ल्याउन सकेको छैन । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले हालसम्म केवल कार्ययोजनाको मस्यौदा मात्रै बनाएको छ । तर अन्तिम रूपमा दिन विपद् व्यवस्थापन कार्यकारी समितिमा छलफलसँगै अन्तिम रूपमा दिन मन्त्री स्तरीय निर्णय समेत बाँकी रहेको मन्त्रालयका सूचना अधिकारी दीपेन्द्र सिंह विष्टले बताए ।
यहाँको आन्तरिक मामिला मन्त्रालय हालसम्म मन्त्रीविहीन रहेको छ । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सो मन्त्रालय आफू मातहत राखेका छन् । मन्त्री नहुँदा सो विपद् प्रतिकार्य कार्ययोजना हालसम्म ल्याउनमा ढिलाइ भइरहेको मन्त्रालयका सूचना अधिकारी विष्टको भनाइ छ ।सुदूरपश्चिम प्रदेशमा बर्सेनि बाढी पहिरोले हजारौँ घरधुरी प्रभावित तथा विस्थापित हुनुका साथै ठुलो धनजनको क्षति हुँदै आएको छ । विगतका वर्षमा यहाँका नागरिक अति प्रभावित हुँदै आए पनि प्रदेश सरकारले प्रतिकार्यको कार्ययोजना निर्माणमा ढिलासुस्ती गर्दै आएको छ ।
उनले भने– ‘मन्त्री नहुँदा काम हुन नसकेको हो । तर हामी आन्तरिक रूपमा छलफल गरिसकेका छौँ । बिहीबार (आज) विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक बस्दै छ । बैठकबाट पास भई मन्त्री स्तरको निर्णयबाट कार्ययोजना प्रकाशनतिर जान्छौ । मन्त्री नभए पनि अब मुख्यमन्त्री ज्यूबाटै अगाडि बढाउँछौ । अब धेरै समय लाग्दैन ।’

प्रदेश सरकारले जल तथा मौसम विज्ञान विभागको वर्षा आकलन रिपोर्टको आधारमा प्रदेशमा कति घरघुरी बाढी र पहिलोले प्रभावित हुने र कुन–कुन क्षेत्रमा कस्तो प्रभाव पर्छ ? भन्ने आकलन गर्छ । प्रदेशमा प्रतिकार्य तथा पूर्वतयारीका स्रोत साधनको अवस्था के छ ? सामग्री के–के चाहिने र कति चाहिने भन्ने विषयको तयारी गरिन्छ ।

साथै उद्धार, राहतमा खटिने नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीका जनशक्तिको अवस्था कस्तो रहने छलफल गर्न बाँकी रहेको मन्त्रालयले जनाएको छ । सँगै विकासे तथा सरोकारवाला संस्थाहरूको अवस्था बुझ्न पनि छलफल गर्न बाँकी रहेको सूचना अधिकारी विष्टको भनाइ छ ।

सुदूरपश्चिम प्रदेशमा बर्सेनि बाढी पहिरोले हजारौँ घरधुरी प्रभावित तथा विस्थापित हुनुका साथै ठुलो धनजनको क्षति हुँदै आएको छ । विगतका वर्षमा यहाँका नागरिक अति प्रभावित हुँदै आए पनि प्रदेश सरकारले प्रतिकार्यको कार्ययोजना निर्माणमा ढिलासुस्ती गर्दै आएको छ ।

चर्चामा

सम्बन्धित समाचार