• होमपेज
  • समाचार
  • प्रतिनिधिसभा बैठक बस्दै, सभामुखले समितिमा सदस्यको नाम हेरफेर गर्ने

प्रतिनिधिसभा बैठक बस्दै, सभामुखले समितिमा सदस्यको नाम हेरफेर गर्ने

  • बिहिबार, असार १३, २०८१
प्रतिनिधिसभा बैठक बस्दै, सभामुखले समितिमा सदस्यको नाम हेरफेर गर्ने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समिति, संयुक्त समिति अन्तर्गतको संसदीय सुनुवाइ समिति तथा विषयगत समितिमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ ।

यस्तै, बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले राष्ट्रियसभामा उत्पत्ति भएको ‘अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको प्रतिवेदन सहितको अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७८ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । यसैगरी ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव समेत प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार