• होमपेज
  • समाचार
  • एसईईको नजिता आज प्रकाशित गरिँदै, हेर्ने तरिका यस्तो छ

एसईईको नजिता आज प्रकाशित गरिँदै, हेर्ने तरिका यस्तो छ

  • बिहिबार, असार १३, २०८१
एसईईको नजिता आज प्रकाशित गरिँदै, हेर्ने तरिका यस्तो छ

माध्यामिक शिक्षा परीक्षा (एसईई)- २०८० को नतिजा आज प्रकाशित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज बिहान बोर्डको बैठक पछि नतिजा सार्वजनिक गर्ने जनाएको छ । बुधबार नै नतिजा सार्वजनिक गर्ने तयारी गरेको भए पनि केही प्राविधिक काम बाँकी रहेपछि आज नतिजा प्रकाशन गर्न लागेको हो ।

परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यस वर्ष एसईईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने जानकारी दिए । यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई नन ग्रेडिङ (एनजी) उल्लेख गरिने भएको छ । गत चैतमा भएको परीक्षामा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए ।

नतिजा हेर्ने तरिका

May be an image of text

चर्चामा

सम्बन्धित समाचार