शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाचार
  • लमजुङमा पहिरोले ३ घर बगायो, ४ जना बेपत्ता

लमजुङमा पहिरोले ३ घर बगायो, ४ जना बेपत्ता

  • बुधबार, असार १२, २०८१
लमजुङमा पहिरोले ३ घर बगायो, ४ जना बेपत्ता

लमजुङमा पहिरोले घर बगाउँदा ४ जना बेपत्ता भएका छन् । क्व्होलासोथार गाउँपालिका-३ मा मंगलबार राति गएको पहिरोले तीनवटा घर बगाउँदा चार जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय लमजुङका डीएसपी मीनबहादुर घलेले जानकारी दिए ।

आज बिहान पौने ५ बजे पहिरोले घर बगाएको खबर आएपछि सुरक्षाकर्मीको टोली घटनास्थल गएको छ । घटना भएको ठाउँमा राम्रोसँग फोन सम्पर्कसमेत नभएको डीएसपी घलेले बताए ।

उनका अनुसार उद्धारका लागि नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थल हिंडिसकेको छ । त्यस क्षेत्रमा अहिले पानी परिरहेको छ । सञ्चार असुविधाका कारण थप विवरण नआएको डीएसपी घलेले बताए ।

चर्चामा

सम्बन्धित समाचार