• होमपेज
  • बडिमालिका
  • बाजुराको बडिमालिका नगरपालिकाले ल्यायो ५० करोड ३९ लाखको बजेट

बाजुराको बडिमालिका नगरपालिकाले ल्यायो ५० करोड ३९ लाखको बजेट

  • सोमवार, असार १०, २०८१
बाजुराको बडिमालिका नगरपालिकाले ल्यायो ५० करोड ३९ लाखको बजेट

बाजुरा– जिल्लाको सदरमुकाम समेत रहेको बडिमालिका नगरपालिकाले ” कृषि, शिक्षा , स्वास्थ्य , पर्यटन र पुर्वाधार बडिमालिका नगरपलिका समृद्धिको प्रमुख आधार ” भन्ने मुल नाराका साथ आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । नगर सभा सम्पन्न पश्चात पत्रकार सम्मेलन मार्फत निति तथा कार्यक्रम सार्बजनिक गरिएको हो । बडिमालिका नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि कुल ५० करोड ३९ लाख १९ हजारको बजेट सार्वजनिक गरेको छ । बडिमालिका नगरपालिकाको  दाेस्राे नगर सभा तथा १५ औं अधिबेशनबाट आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत नगर उपप्रमुख नन्दा थापाले गरेकी हुन ।

जसमा चालु तर्प ३२ करोड ५९ लाख ८८ हजार ४ सय अर्थात कुल बजेटको ६४ दशमलव ६९ प्रतिसत र पुजिगत तर्फ १७ करोड ७९ लाख ३० हजार ६ सय रुपिया अर्थात ३५ दशमलव ३१ प्रतिशत बजेट बिनियोजन गरिएको उप प्रमुख नन्दा कुमारी थापाले बताएकी छन ।

बिभिन्न समितिहरुअन्तरगत आर्थिक बिकाश अन्तरगत २ करोड ३१ लाख १ हजार, सामाजिक बिकाश अन्तरगत १८ करोड ८३ लाख ३६ हजार बजेट बिनियोजन गरिएको छ । त्यसै गरी पुर्वाधार बिकाश अन्तरगत ११ करोड ४३ लाख, बन वातावरण तथा पित ब्यबस्थाप शुसासन अन्तरगत १ करोड २३ लाख ६ हजार र कार्यालय संचालन तथा प्रशासनीक खर्चमा १६ करोड ५८ लाख ७६ हजार रकम बिनियोजन गरिएको छ ।

पत्रकार सम्मेलन मार्फत नगर सभामा नगरप्रमुख अमर खड्काले नीति तथा कार्यक्रम र उपप्रमुख नन्दा कुमारी थापाले बजेट प्रस्तुत गरेकी हुन् । नगर प्रबक्ता धर्मराज पाध्यायले संचालन गरेको कार्यक्रमा प्रमुख प्रशासकिय अधिकृत बम बहादुर केशी, नौ ओटै वडाका वडाअध्यक्ष कार्यपालिका सदस्य लगायत जिल्ला स्थित पत्रकारहरुको सहभागीता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार