शुक्रबार, असार १४, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • बढ्यो बैंक तथा वित्तीय क्षेत्रको खुद सम्पत्ति

बढ्यो बैंक तथा वित्तीय क्षेत्रको खुद सम्पत्ति

  • सोमवार, असार १०, २०८१
बढ्यो बैंक तथा वित्तीय क्षेत्रको खुद सम्पत्ति

२०८० पुस मसान्तसम्मको तथ्याङ्क अनुसार नेपाली बैंक तथा वित्तीय संस्थाहरुको खुद सम्पत्ति ८७ खर्बभन्दा माथि पुगेको छ । नेपाल राष्ट्र बैंक वित्तीय क्षेत्र सर्वेक्षण र अन्य वित्तीय संस्था सर्वेक्षण २०८०/८१ अनुसार वित्तीय क्षेत्रको खुद वैदेशिक सम्पत्ति १७ खर्ब ३८ अर्ब ८४ करोड रुपैयाँ रहेकोमा आन्तरिक सम्पत्ति ६९ खर्ब ४३ अर्ब ९ करोड पुगेको हो । यो २०८० पुस मसान्तसम्मको तथ्याङ्क हो ।

२०८० असार मसान्तमा १४ खर्ब ४७ अर्ब ६ करोड रुपैयाँ रहेको वैदेशिक सम्पत्ति ६.६ प्रतिशतले वृद्धि भई २०८० असोज मसान्तमा १५ खर्ब ४४ अर्ब ९९ करोड पुगेको र २०८० पुस मसान्तमा थप १९.५ प्रतिशतले वृद्धि भई १७ खर्ब ३८ अर्ब ८४ करोड रुपैयाँ पुगेको केन्द्रीय बैंकले जनाएको छ । यसैगरी आन्तरिकतर्फ वित्तीय क्षेत्रको दाबी २०८० असार मसान्तमा ६८ खर्ब ४० अर्ब ६८ करोड रुपैयाँ रहेकोमा २०८० असोज मसान्तसम्ममा ०.५ प्रतिशतले वृद्धि भई ६८ खर्ब ७४ अर्ब ४३ करोड पुगेको र २०८० पुस मसान्तमा थप १.५ प्रतिशतले वृद्धि भई ६९ खर्ब ४३ अर्ब ९ करोड रुपैयाँ पुगेको केन्द्रीय बैंकले जनाएको छ ।

सरकारमाथिको खुद दाबी घट्यो
तथापि, समीक्षा अवधिमा वित्तीय क्षेत्रको नेपाल सरकारमाथिको खुद दाबी भने केही घट्न पुगेको छ । २०८० असार मसान्तमा १० खर्ब २४ अर्ब ९५ करोड रुपैयाँ सरकारमाथिको दाबी रहेकोमा ४.६ प्रतिशतले घट्न गई २०८० असोज मसान्तमा ९ खर्ब ७७ अर्ब ५४ करोड रुपैयाँमा झरेको र २०८० पुस मसान्तमा थप ८.३ प्रतिशतले घट्न गई ९ खर्ब ४० अर्ब ३४ करोडमा झरेको केन्द्रीय बैंकले जनाएको छ । यसैगरी वित्तीय क्षेत्रको सार्वजनिक गैर–वित्तीय संस्थामाथिको दाबी २०८० असार मसान्तमा ३६ अर्ब ७६ करोड रुपैयाँ रहेकोमा १६.४ प्रतिशतले घट्न गई २०८० असोज मसान्तमा ३० अर्ब ७४ करोड रुपैयाँ रहेकोमा २०८० पुस मसान्तमा ०.२ प्रतिशतले वृद्धि भई ३६ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ ।

वित्तीय क्षेत्रको निजी क्षेत्रमाथिको दाबी २०८० असार मसान्तमा ५७ खर्ब ७८ अर्ब ९७ करोड रुपैयाँ रहेकोमा १.५ प्रतिशतले वृद्धि भई २०८० असोज मसान्तमा ५८ खर्ब ६६ अर्ब १५ करोड रुपैयाँ पुगेको छ भने २०८० पुस मसान्तमा ३.२ प्रतिशतले वृद्धि भई ५९ खर्ब ६५ अर्ब ९२ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार