शुक्रबार, असार १४, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढीगंगाका महिलालाई उद्धमी बनाउन होजिहारी तालिम

बुढीगंगाका महिलालाई उद्धमी बनाउन होजिहारी तालिम

  • सोमवार, असार १०, २०८१
बुढीगंगाका महिलालाई उद्धमी बनाउन होजिहारी तालिम

बाजुरा– बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका भित्रका हिंसा पीडित महिला, एकल महिला र एचआईभी संक्रमीत महिलाहरुलाई उद्धमी तालिम दिएको छ । विपन्न पीडित महिलाहरुलाई उद्धमी बनाउने उद्देश्यले हाते होजिहारी तालिम दिएको हो । बुढीगंगा नगरपालिकाका १ देखी १० नम्मर वडाका १५ जना आर्थिक रुपमा विपन्न पीडित महिलाहरुलाई उद्धमी बनाउने उद्देश्यले एक महिने हाते होजिहारी तालिम दिएको बुढीगंगा नगरपालिकाकी नगर उपप्रमुख माया खड्का कुवरले बताएकी छन ।

उपप्रमुख लक्षित कार्याक्रम अन्र्तगत हाते होजिहारी तालिमबाट सहभागीहरुले सुईटर, टोपी, गलैचा, मोजा लगाएतका लुगा कपडा बुन्न सिकेका छन् । तालिमका लागि तालिम भन्दा पनि यो एक महिने हाते होजिहारी तालिममा सहभागिको क्षमता हेरेर नगरपालिकाले सामग्री अनुदानमा आर्थिक समेत सहयोग गर्ने नीति लिएको नगर उपप्रमुख खड्काले बताईन ।

तालिमबाट सिकेको सीप परम्परागत र आधुनिक सामग्री उत्पादन गर्न गाउँघरमै बसेर महिलाहरू सक्षम हुन सक्ने बताइन् । उप्रमुख खड्काले हातमा सीप भए कोहि पनि मानिस बेरोजगार बस्नु नपर्ने र कसैको भर नपर्नुपर्ने भन्दैं तालिममा सिकेको सीपलाई व्यवहारमा उतारेर सहभागीहरूलाई आत्मनिर्भर र स्वरोजगार बाउन तालिमको आयोजना गरिएको बताईन ।

सो अवसरमा नगर उपप्रमुख माया कड्का कुवरले तालिममा सिकेका कुराहरूलाई व्यवहारमा लागु गर्न आग्रह गरे । आफुले सिकेका सिपलाई परिमार्जन गरेर सिपलाई निखारता गर्दै अघि बढ्न अनुरोधगरे।की छन् महिलाहरूले बनाएका सामाग्रीहरूलाई बजारीकरण गर्नको निमित्त बुढीगंगा नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता समेत रहेको बताएकी छन् ।

हाते होजिहारी तालिममा सहभागि मेनुका सुनारले आफुहरुले एक महिने तालिम उपलब्धी मुलक रहेको र आगामी दिनमा ब्यवसाय बन्न हामी बिपन्न बर्गका महिलाहरुलाई नगरपालिकाको सहयोगको आवश्यकता र आशामा रहेको बताईन

चर्चामा

सम्बन्धित समाचार