बिहिबार, असार १३, २०८१
  • होमपेज
  • प्रदेश ७
  • बाजुरामा आयोडिनयुक्त नुनको चरम अभाब

बाजुरामा आयोडिनयुक्त नुनको चरम अभाब

  • शनिबार, असार ८, २०८१
बाजुरामा आयोडिनयुक्त नुनको चरम अभाब

बाजुरा– बाजुरामा जिल्लामा आयोडिनयुक्त नुनको चरम अभाब भएको छ । बिक्रि केन्द्रमा ढुवानी अनुदानको नुनको अभाब भएपछि नुन किन्न घण्टौ लाइन बस्नु परेको छ । साल्टे्रडिङ्क कर्पोरेशन लिमिटेडले नुन अभाब भएपछि हप्तामा एकपटक मात्र बिक्रि बितरण गर्ने गरेको छ ।
अहिले त बाजुरामा नुनको चरम अभाब भएको छ । बर्षातको समयमा निकै समस्या हुने साल्टे्रडिङ्क कर्पोरेशन लिमिटेड कार्यलय बाजुराका प्रमुख टेक बहादुर बोहोराले वताएका छन् । एकजनालाइ ५ केजीका दरले बिक्रि गर्ने डिपो कार्यलयमा नुन किन्नेको भिड लागेपछि प्रहरीको सुरक्षामा नुन बिक्रि हुने गरेको छ । डिपोमा नुन अभाब भएपछि हप्ताको एकदिन मात्र नुन बिक्रि गर्ने गरेको छ ।
बाजुरामा नुन अभाब भएको लामो समय भइसकेको छ । थपकोटाका लागि पहल नहुदा अहिले निकै समस्या भएको छ । नेपाल भारतको सहयोगमा साल्ट्रडिङ्क कर्पोरेशन मार्फत ढुवानी अनुदानमा बिक्रि हुने गरेको छ । बाजुरामा चार वटा नुनको डिपो र चार वटा बिक्रि केन्द्र रहेका छन् । बाजुरामा ढुवानी अनुदानको नुन प्रतिकेजी ९ रुपैयाँमा बिक्रि हुने गरेको छ ।
४ वटा बिक्रि केन्द्रका बर्षको एकपटक बिक्रि गर्ने भएकाले पहिले नै सबै बिक्रि गरिसकेको कार्यलय जनाएको छ । चारवटा डिपो कार्यलयमा थोरै मात्रामा नुन रहेको प्रमुख टेक बहादुर बोहोराले वताए । अहिलेको मौज्जात बिक्रि गर्न एकदिनलाइ पनि नपुग्ने गरेको कार्यलयले जनाएको छ । मार्तडी, कोल्टी, मौरे र कवाडी डिपोमा आवश्यक भन्दा नुन धेरै कम रहेको पाइएको छ ।
नुन भएको बेला बाजुरा बाट तराइका जिल्ला तस्करी हुने गरेको थियो । प्रमुख टेक बहादुर बोहोराले विगतमा तराइका जिल्लामा बाजुराको नुन जाने गरेको स्वीकार गरेका छन् । हामीले बिक्रि गर्दा घरको लागि भनेर लग्छन्, तर यहाँ किनेर तराइको जिल्लामा जाने गरेको थियो । १० प्रतिशत बढी नुन यसरी बाहिर जाने गरेको उनको भनाइ रहेको छ । अर्को पशुचौपायलाइ समेत खुवाउने गरेकाले बाजुरामा नुनको अभाब भएको उनले वताए ।
ढुवानी अनुदानको नुन तराइ मात्र नभइ बाजुराका स्थानिय बजारमा बिक्रि हुने गरेको पाईएको छ । जिल्लाका मार्तडी, कोल्टि, तिपाडा, बेतालमाण्डौ, धुलाचौर, कवाडी लगायतका बजार अनुदानको नुन बिक्रि हुने गरेको छ । नुन डिपो बाट मात्र जिल्लामा बिक्रि हुने भानु नुन बजारमा भने खुलम खुल्ला पाइने गरेको छ । नुनमा कालोबजारी र तस्कर हुने भएपछि बाजुराका डिपोमा नुनको अभाब भएको हो ।
आर्थिक बर्ष ०८०।०८१ मा बाजुरा भरी १६ हजार ८ सय ५२ कुन्टल नुनको कोटा रहेको छ । यो कोटा बाजुराका लागि अप्रयाप्त रहेको थियो । बाजुरामा नुन अभाब भएको थप कोटा मागका लागि आपुर्ति मन्त्रालयमा निणर्य गरे पठाएको कार्यलय प्रमुख टेक बहादुर बोहोराले वताएका छन् । प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले भने बाजुरामा नुनको अभाब भएको थप कोटाका लागि केन्द्रमा समन्वय भइरहेको वताए ।
नुन डिपोमा बिक्रि हुने नुन ब्यापारीले बाजुराका स्थानिय बजारमा प्रतिकेजी २५ रुपैया ५० रुपैयाँ सम्म बिक्रि हुने गरेको स्थानियको भनाई छ । साल्ट्रडिङ्क कर्पोरेशन बाट ३ थरीका नुन भानु, शक्ति, आयो नुन उत्पादन हुने भएतापनि ब्यापारीलाई भानु नुन नबेच्ने गरेको साल्ट्रडिङ्क कर्पोरेशन क्षेत्रिय कार्यलय धनगढीले बताएको छ । भानु नुन ब्यापारी कसैले पनि बिक्रि गरेको पाएमा कालो बजारी ऐन २०३२ को दफा ४ बमोजिम ५ बर्ष कदै र नगद जरीवाना हुने ब्यबस्था रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार