• होमपेज
  • बडिमालिका
  • बडिमालिका ९ को मष्टेश्वरी आविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

बडिमालिका ९ को मष्टेश्वरी आविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

  • शुक्रबार, असार ७, २०८१
बडिमालिका ९ को मष्टेश्वरी आविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

बाजुरा —बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर ९ चाैराटामा रहेको मष्टेश्वरी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । चैतन्ने पाठशाला धनगढीको सहयोग तथा पत्रकार अर्जुन शाह, दिर्घराज उपाध्याय र नेकपा एकिकृत समाजवादी बाजुराका सहसचिव दिर्घराज पाध्यायको समन्वयमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरिएको हो ।

मष्टेश्वरी आविमा अधययनरत एक सय ३७ जना विद्यार्थीहरुलाई झोला, कापीकलम, स्टेस्नरी लगायतका सामग्री वितरण गरिएको चैतन्ने पाठशालाका कार्यकारी निर्देशक गणेशप्रसाद जैशीले बताएका छन् ।आफ्नो सानो सहयोगले विपन्न तथा गरिब परिवारका विद्यार्थीहरुको पढाईमा सहयोग पुगोस् भन्ने उदेश्यका साथ शैक्षिक सामग्री सहयोग गरेको उनले बताए ।

बडिमालिका नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख रंगमल विकको प्रमुख अथितिमा सञ्चालन भएको शैक्षिक सामग्री वितरण कार्यक्रममा चैतन्ने पाठशालाका कार्यकारी निर्देशक गणेशप्रसाद जैशी, विद्यालयका प्रधानाध्यापक भक्त विष्ट, पत्रकार अर्जुन शाह, दिर्घराज उपाध्याय र नेकपा एकिकृत समाजवादी बाजुराका सहसचिव दिर्घराज पाध्याय, शिक्षक लगायतको उपस्थिति रहेको थियो ।

No description available.

चर्चामा

सम्बन्धित समाचार