बिहिबार, असार १३, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढीगंगा नगरपालिकाले दियाे १ सय २ जनालाई सय दिनको रोजगार

बुढीगंगा नगरपालिकाले दियाे १ सय २ जनालाई सय दिनको रोजगार

  • शुक्रबार, असार ७, २०८१
बुढीगंगा नगरपालिकाले दियाे १ सय २ जनालाई सय दिनको रोजगार

बाजुरा– बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकाबाट प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत १ सय २ जनालाई एक सय दिनको रोजगारी पाएका छन् । राज्यले तोकेको न्युनतम रोजगारी दिएर नगरपालिकाले रोजगार सुनिश्चितता गरीएको बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानियाले बताएका छन् । वडाहरुमा विनियोजित रकमबाट बेरोजगार नागरिकहरु रोजगारी बनुन् भन्ने उद्देश्यका साथ नगरपालिकाले सो योजना बनाएको प्रमुख बानियाले बताए ।

बेरोजगारलाई न्यूनतम रोजगारीको प्रत्याभूति दिन तथा सामुदायिक पूर्वाधारको विकास मार्फत नागरिकको जीवनयापनमा सुधार ल्याउन कार्यक्रमले महत्वपुणर् भूमिका खेल्ने बुढीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र नाथको दावी छ ।

यस बर्ष २० ओटा श्रममा आधारित आयोजनाहरु निर्माण सम्पन्न गरिएको बुढीगंगा नगरपालिका प्रधानमन्त्री रोजगार संयोजक गोविन्द बहादुर थापाले बताएका छन् । आर्थिक बर्ष २०८०/०८१ मा बढीगंगा नगरपालिकाका १ देखी १० वडाबाट ३ हजार २७ जनाले वेरोजगारी सूचि दर्ता र्फम भरेकोमा १ सय २ जना छनोट भएर प्रत्यक्षरुपमा लाभावन्तित भएको संयोजक थापाले बताए ।

No description available.

नगरपालिकाका १० वडाका वडा अध्यक्षहरु कार्यक्रमलाई उत्कृष्ट र प्रभावकारी बनाउन अहोरात्र खटिएका छन् । यसै आर्थिक वर्षमा १ सय दिन बराबरको रोजगारी प्रदान गर्ने योजना अनुरुप उनीहरुले १० वटै वडामा सञ्चालित विभिन्न योजनाहरुसँग सम्बन्धित भएर कार्य गरेका छन् । बुढीगंगामा आर्थिक वर्ष २०८०/०८१ मा बेरोजगारी कामदारका श्रम गरे बाफत पाउने गरि आएको ६८ लाख सशर्त अनुदान मध्ये एक वडामा न्यूनतम ६ लाख ५० हजार देखि ७ लाख रुपैयासम्म पाउने प्रधानमन्त्री रोजगार संयोजक गोबिन्द बहादुर थापाले बताएका छन् ।
हाल प्राधनमन्त्री रोजगार कार्यक्रम मार्फत छनोट भएका योजनाहरुको ६० प्रतिशत काम सम्पन्न भएर रकम भुक्तानी भईसकेको छ भने बाकी काम सम्पन्न भएर भुक्तानीको प्रकृयामा रहेको थापाले बताए ।

बेरोजगारी रोजगार छनोट प्रकृयामा पहिलो चरणमा नगरपालिकाका १० ओटै वडाहरुमा बेरोजगारी सूचि दर्ता फर्म भर्नाका सुचना टास गरी वडाबाट प्रमाणित भएर थिए । त्यसपछि फर्महरुलाई इमिस सफ्टवेरमा दर्ता गरेपछि इमिसमा भएका सूचकका आधारमा छनोट भएको बेराजगारीलाई काम छनोट गरिएको रोजगार सहायक टंकबहादुर सिंहले बताए । यो आर्थिक बर्षमा कुनै वडाहरुमा गाउँ देखी स्कुलसम्म गोरेटो बाटो निर्माण, धार्मीक तथा ऐतिहासीक धरोहरका रुपमा चौतारा, फिल्ड निर्माण, एक गाउ देखी अर्को गाउँसम्म जोड्ने गोरेटो बाटा निर्माण भएपछि विद्यार्थी देखी स्थानियलाई सहज भएको स्थानियले बताएका छन । त्यस्तै कुनै ठाउ बृक्षरोपण, सिचाई कुला निर्माण गरिएका रोजगार सहायक सिंहले बताए ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सूचीकृत वडा नम्बर २ की कविता अयडी थापाले कार्यक्रम निरन्तर भएको खण्डमा आफु जस्तै हजारौं जना प्रत्यक्ष रुपमा लाभवन्ति हुने बताइन् । उनले भनिन्, ‘राज्य घर-घरमा आएको महसुस भएको छ । राज्यबाट हामी जस्तै बेरोजगारहरुको लागि दीर्घकालिन सोँच बनाओस् बताएकी छन् ।’ प्रधानमन्त्री रोजगार कार्यक्रमले बेरोजगारी नागरिकले रोजगार पाउनुका साथै विकास निर्माण भएपछि बुढीगंगा नगरबासी खुशी भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार