बिहिबार, असार १३, २०८१
  • होमपेज
  • राजनीति
  • रास्वपाको चियापानमा प्रधानमन्त्रीसहित शीर्ष नेताहरू सहभागी

रास्वपाको चियापानमा प्रधानमन्त्रीसहित शीर्ष नेताहरू सहभागी

  • शुक्रबार, असार ७, २०८१
रास्वपाको चियापानमा प्रधानमन्त्रीसहित शीर्ष नेताहरू सहभागी

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीको दोस्रो स्थापना दिवसको अवसरमा चियापान समारोह आयोजना गरिएको छ। बालाजुस्थित पार्टी कार्यालयमा आयोजित समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित शीर्ष नेताहरू सहभागी भएका छन्।

समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल, जनमत पार्टीका अध्यक्ष सीके राउत, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलगायत सहभागी भए।

त्यस्तै प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल र उपसभामुख इन्दिरा राना सहभागी थिए।

रास्वपा सभापति रवि लामिछानेले आफूहरू पार्टी स्थापनाको उद्देश्यमा अडिग र गन्तव्यमा स्पष्ट रहेको बताएका छन्। पार्टी स्थापनाको दोस्रो वर्ष पूरा भएका अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति लामिछानेले पार्टीको वैचारिक स्पष्टतासँगै राजनीतिक परिपक्वता हासिल गरेर पार्टी स्थापनाको उद्देश्य पूरा गर्न प्रतिबद्ध रहेको बताए।

चर्चामा

सम्बन्धित समाचार