बिहिबार, असार १३, २०८१
  • होमपेज
  • प्रदेश ७
  • बाजुराको खप्तड छेडेदह २ को नवनिर्मित प्रशासकिय भवनबाट सेवा प्रवाह सुरु

बाजुराको खप्तड छेडेदह २ को नवनिर्मित प्रशासकिय भवनबाट सेवा प्रवाह सुरु

  • शुक्रबार, असार ७, २०८१
बाजुराको खप्तड छेडेदह २ को नवनिर्मित प्रशासकिय भवनबाट सेवा प्रवाह सुरु

टेक बहादुर बुढा —बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर २ ले आफ्नै नवनिर्मित प्रशासकिय भवनबाट सेवा प्रवाह सुरु गरेको छ । लामो समय देखी साघुँरो भवनबाट सेवा दिदैं आएको वडा कार्यालयले नयाँ प्रशासकिय भवन निर्माण कार्य सम्पन्न भएसँगै वैशाख ३० गते उद्घाटन गरेर सेवा प्रवाह सुरु गरेको हाे ।

लामो समयसम्म साघुँरो काेठाबाट सेवा दिदै आएकाे वडा कार्यालयले नागरिकलाई सेवा लिन समस्या थियो तर अहिले सुविधायुक्त प्रशासकिय भवन निर्माण गरेर सेवा सुचारु गरेको वडा अध्यक्ष भक्त बुढाले बताएका छन् । लामो समयदेखि जग्गा बिवादमै भवन निर्माण कार्य अल्झिएको भएपनि आफूले विवाद मिलाएर फराकिलो भवन निर्माणपछि अबदेखि नागरिकलाई छिटोछरितो रुपमा सेवा दिन सहज  भएकाे वडा अध्यक्ष बुढाले बताए ।

सो भवन गाउँपालिकाको ८६ लाख ५ हजार ८ सय १४ रुपैयाँको लागतमा निर्माण गरिएको गाउँपालिका अध्यक्ष दिल बहादुर रावतले बताएका छन् । वडा कार्यालयको भवन निर्माणका लागि २०८० साउन ४ गते न्यु बडालेख निर्माण सेवा खप्तड छेडेदह ७ ले २०८१ असार २० गतेसम्म निर्माण गरि सक्ने गरि ठेक्का सम्झौता गरेको थियो ।

खप्तड छेडेदह गाउँपालिकाका ७ वटा वडा मध्ये वडा नम्बर १, २, ४ र ६ मा नयाँ प्रशासकिय भवन निर्माण भएका छन् भने वडा नम्बर ५ मा निर्माणाधिन, वडा नम्बर ३ मा ठेक्का आह्वान र ७ मा पनि यसै बर्षभित्र बन्ने गाउँपालिकाले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार