• होमपेज
  • बडिमालिका
  • बडिमालिकाका मेलमिलाप कर्ताहरुलाइ पुनर्ताजगी तालिम संचालन

बडिमालिकाका मेलमिलाप कर्ताहरुलाइ पुनर्ताजगी तालिम संचालन

  • शुक्रबार, असार ७, २०८१
बडिमालिकाका मेलमिलाप कर्ताहरुलाइ पुनर्ताजगी तालिम संचालन

बाजुरा– बडिमालिका नगरपालिकाको न्यायीक समितिको आयोजनामा ३ दिने पुनर्ताजगी तालिम बिहिबारबाट संचालन गरिएको छ । बडिमालिका नगरपालिकाको न्यायीक समितिको आयोजनामा नगरपालिकाका मेलमिलाप कर्ताको क्षमता अभिबृद्धि गर्ने उदेस्यले सो तालिमको आयोजना गरिएको हो । बडिमालिका नगरपालिकाका ९ ओटै वडाका मेलमिलाप कर्ताहरु सो तालिममा सहभागी रहेको न्यायीक समिति संयोजक तथा नगर उप प्रमुख नन्दा कुमारी थापाले बताएकी छन ।
तालिममा न्यायिक समितिमा आउने समस्याहरु, वादविवाद, मुद्दाहरूलगायतका विषयहरुमा छलफल गर्ने, न्यायिक समिति, मेलमिलाप समितिको काम कर्तव्य र अधिकारका विषयमा जानकारी गराईने तालिमका सहजकर्ताहरुले बताएका छन ।

बडिमालिका नगरपालिका उप प्रमुख तथा न्याय समिति संयोजक नन्दा कुमारी थापाको अध्यक्षतामा संचालन भएको उद्धधघाटन कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाया प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा नगर प्रमुख अमर खड्का प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल, प्रमुख प्रशासकिय अधिकृत बम बहादुर केशी सुरक्षा निकायका प्रमुखहरु लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन न्यायीक समिति सचिव शोभा शाहीले गरेको थिइन् ।

चर्चामा

सम्बन्धित समाचार