• होमपेज
  • बुढीगंगा
  • बुढिगंगा नगरपालिका ३ वटा ग्रामीण सडक कालोपत्र हुदै

बुढिगंगा नगरपालिका ३ वटा ग्रामीण सडक कालोपत्र हुदै

  • बिहिबार, असार ६, २०८१
बुढिगंगा नगरपालिका ३ वटा ग्रामीण सडक कालोपत्र हुदै

बाजुरा– बाजुराको बुढिगंगा नगरपालिकाले गाउँ गाउँमा जोड्न तीन वटा सडक कालोपत्र गर्न शुरु गरेको छ । नगरपालिकामा रहेका साविकका तिनवटा गाबिस जोडने सडक पक्कि बनाउने काम शुरु भइरहेको नगरप्रमुख राम बहादुर बाँनियाले वताएका छन् ।
साँफे-मार्तडी सडक खण्डबाट गाउँ जोड्न तीन वटा सडकको काम आर्थिक बर्ष २०८०/०८१ बाट कालोपत्रे गर्न सुरु गरिएको छ । ताँप्रिसेरा ब्रहम्तोला सडक, बेतालमाण्डौं त्रिशक्ती सडक र बाम्का नगरपालिका सडक आर.सि.सि. रहेका छन् । यो आर्थिक बर्षमा तिनवटै सडकको काम ३७ प्रतिशत भएको नगरपालिकाले जनाएको छ ।
बुढिगंगा नगरपालिकाले ल्याएको निती तथा कार्यक्रम अनुरुप पहिलो चरणमा तीन ओटा ग्रामीण सडक कालोपत्र गर्न शुरु गरिएको पालिकाले वताएको छ । त्यसपछि गाउँ बस्तिसम्मैका सडक कालोपत्र गर्ने योजना अनुसार काम थालनी भएको बुढिगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाले बताए । अहिले ६ किलोमिटर जति कालोपत्र गर्न लागेको भएपनि बिस्तारै नगरपालिका भरी ३० किलोमिटर कालोपत्र गर्ने योजना रहेको उनले वताए । ३० किलोमिटर कालोपत्र गरेमा नगरपालिका भरी पक्की सडक हुने भएको पालिकाले जनाएको छ ।
तिनवटा सडक आर्थिक २०८०/०८१ मा कामको सम्झौता भएर आर्थिक बर्ष २०८१/०८२ मा सम्पन्न हुने गरी काम शुरु भएको प्रमुख प्रशासकीय अधिकृत्त नाथले बताए । बेतालमाण्डौं त्रिशक्ती सडक कालोपत्र २ किलोमिटरका लागि ९ करोड १३ लाख २५ हजार ८ सय ३३ रुपैँयामा बङ्गलामुखी/बागेश्वरी जेभिले काम गर्ने गरि सम्झौता गरेको छ ।
त्यस्तै बाम्का नगरपालिका सडक आर.सि.सि. १ किलोमिटर ६ सय मिटरका लागि ८ करोड ५५ लाख ३४ हजार ९० रुपैँयामा महागौरी/ह्याण्डिक/दिप जेभिले काम गर्ने गरि ठेक्का लिएको अधिकृत नाथले वताए । ताप्रिसेरा ब्रहम्तोला सडक कालोपत्रे २ किलोमिटर २ सय मिटरका लागि ११ करोड ३२ लाख ७८ हजार ६ सय ७१ रुपैँयामा बङ्गलामुखी/बागेश्वरी जेभिले सम्झौता गरेर काम अघि बढाएको छ ।
३ वटा सडक पक्किा लागि बुढिगंगा नगरपालिकाको आफ्नै लगानीमा काम सुरु गरेको छ । संघ र प्रदेश सरकारलाइ लागि बजेटका लागि पहल भइरहेको भएपनि कतैबाट रकम ब्यबस्थापन नहुँदा पालिकाले आफै कालोपत्रे गर्ने गरि काम भइरहेको छ । संघ र प्रदेश बाट सहयोग हुने आश त मारेका छैनौ, पहल पनि भइरहेको नगरप्रमुख बानियाले वताए ।
पहाड तिर १ किलोमिटर कालोपत्र गर्ने करिब ५ करोड लाग्ने रहेको छ । ६ किलोमिटर कालोपत्रे गर्ने करिब १८ करोड लाग्ने रहेको छ । काम भइरहेको तिनवटा सडकमा संघ र प्रदेश बाट सहयोग नभए सबै पालिकाले खर्च गर्ने गरि काम भइरहेको नगरप्रमुख बाँनियाले वताएका छन् । ग्रामिण सडक कालोपत्र हुन लागेपछि नगरपालिकाका गाउँमा १२ महिना यातायात सञ्चालन हुने स्थानियले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार