• होमपेज
  • त्रिवेणी
  • बाजुराकाे त्रिबेणी नगरपालिकामा पेस्ताेल सहित एक युवक पक्राउ

बाजुराकाे त्रिबेणी नगरपालिकामा पेस्ताेल सहित एक युवक पक्राउ

  • बिहिबार, असार ६, २०८१
बाजुराकाे त्रिबेणी नगरपालिकामा पेस्ताेल सहित एक युवक पक्राउ

बाजुरा — बाजुराकाे त्रिवेणी नगरपालिका-८ कालापानीका १८ वर्षीय किशाेर गिरी पेस्ताेल सहित प्रकाउ परेका छन । जिल्ला प्रहरी कार्यालय बाजुराले गाउँमा पेस्ताे देखाएर अशान्ति र स्थानीयलाई डर धम्की दिएकाे आराेपमा गिरीलाइ प्रकाउ गरेकाे हाे ।  त्रिवेणी नगरपालिका-८ कालापानीका १८ वर्षीय किशाेर गिरीलाइ जिल्ला प्रहरी कार्यालय बाजुराकाे टालीले घरबाटै प्रकाउ गरेकाे जिल्ला प्रहरी कार्यालय बाजुराका  प्रहरी निरिक्षक तथा सुचना अधिकारी रविन्द्रसिंह कार्कीले जानकारी दिएका छन् ।
उनले दिएकाे जानकारी अनुसार हातहतियार बाेकेर गाउँमा अशान्ति फैलाउदै आएको गाेप्य सुचनाका आधारमा बुधबार पक्राउ गरेकाे बताए ।
गाउँमा पेस्ताेल देखाउदै सर्वसाधारणलाई तर्साउने र धम्की दिने गतिविधी गर्दै आएकाले घरमा लुकाएर राखेकाे पेस्ताेल सहित गिरीलाई पक्राउ गरेकाे प्रहरी निरिक्षक कार्कीले बताएका छन् । पक्राउ परेका गिरीलाइ हातहतियार खर खजना सम्बन्धि मुद्दा दायर गरि बाजुरा जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार