• होमपेज
  • स्वामिकार्तिक खापर
  • बाजुराका कृषकले उत्पादन गरेकाे प्याज सुर्खेत र नेपालगन्ज बजारमा

बाजुराका कृषकले उत्पादन गरेकाे प्याज सुर्खेत र नेपालगन्ज बजारमा

  • बुधबार, असार ५, २०८१
बाजुराका कृषकले उत्पादन गरेकाे प्याज  सुर्खेत र नेपालगन्ज बजारमा

टेक बहादुर बुढा/ बाजुरा– बाजुराको दुर्गम स्वामिकार्तिक खापर गाउँपालिकाका कृषकहरुले उत्पादन गरेको प्याज बजारीकरणका लागि ढुवानी भएको छ । प्याज पकेट क्षेत्र वडा नंः १ बाहुनीका कृषकहरुले उत्पादन गरेको ५५ क्विन्टल प्याज सुर्खेत र नेपालगन्जमा बिक्रीका लागि ढुवानी भएको गाउँपालिका अध्यक्ष भरत बहादुर राेकायाले बताएका छन् । गाउँमा किसानहरुले उत्पादन गरेकाे प्याज बजारकाे अभाव भएपछि बिक्रीका लागि बाहिर लिनुपर्ने अवस्था भएको अध्यक्ष राेकायाले बताए  ।

No description available.

कृषि ज्ञान केन्द्र बाजुराको ७० प्रतिशत अनुदानमा आफूले उत्पादन गरेको करिब १ सय २५ क्विन्टल प्याज मध्ये ५५ क्विन्टल बिक्रीका लागि बुधबार ढुवानी भएको कृषक विरभान विकले बताए । उनका अनुसार बाहुनीका ४५ घरपरिवारले उत्पादन गरेको प्याज मध्ये ५५ क्विन्टल बजारीकरणका लागि ढुवानी भएर ६० क्विन्टल प्याज खान र बिउका लागि राखिएको छ।

सडकको समस्या र बजारको अभावले गर्दा बाहुनीका कृषकले उत्पादन गरेको सयौँ क्विन्टल प्याज भण्डारमा थन्किँदै आएपनि कृषि ज्ञान केन्द्र बाजुराले  ढुवानी अनुदान दिएर नेपालज‌ज र सुर्खेत लगिएकाे कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख भुमीराज उपाध्यायले बताएका छन ।  स्वाकिकार्तिकाका कृषकहरुले उत्पादन गरेको प्याज ढुवानी पछि बजारमा पुगेर प्रति केजी ५० रुपैयाँमा बिक्री हुने भएको छ ।

चर्चामा

सम्बन्धित समाचार