बिहिबार, असार १३, २०८१
  • होमपेज
  • समाज
  • पालमा बस्दै इलाका प्रहरी कार्यलय बुढिनन्दा प्रहरी

पालमा बस्दै इलाका प्रहरी कार्यलय बुढिनन्दा प्रहरी

भवन नहुदा प्रहरीलाइ सेवा प्रवाहमा समस्या

  • मङ्लबार, असार ४, २०८१
पालमा बस्दै इलाका प्रहरी कार्यलय बुढिनन्दा प्रहरी
बाजुरा–बाजुराको बुढिनन्दा नगरपालिकामा रहेको इलाका प्रहरी कार्यलयको भवन नहुदा सेवा प्रवाहमा समस्या भएको छ । भवन नहुदा प्रहरीले पालमा बस्नुपर्ने बाध्यता रहेको इलाका प्रहरी कार्यलय बुढिनन्दाले जनाएको छ ।
इलाका प्रहरी कार्यलयको आफ्नै भवन नहुदा कोल्टि विमानस्थलमा रहेको एउटा पुरानो थोत्रो भवनमा कार्यलय सञ्चालन गरिरहेको छ । इलाका प्रहरी कार्यलयमा प्रहरी निरीक्षक (इन्सपेक्टर) को नेतृत्वमा ३५ जना प्रहरी रहेका छन् । भवनमा बस्ने ठाउँ नहुदा केही प्रहरी पालमा बस्ने गरेका छन्, भने केही बजारमा भाडामा बस्ने गरेको जिल्ला प्रहरी कार्यलय बाजुरामा डिएसपी दिलीप कुमार गिरीले वताएका छaन् ।
महिला ब्यारेक नहुदा कार्यलयमा कार्यरत ३ जना महिला प्रहरी रहेको छन्, तिनै जना बजारमा आफै भाडा तिरेर बस्ने गरेका छन् । भवन नहुदा थुनुवा देखी अन्य नियमित कार्यलय सञ्चालनमा निकै समस्या भएको इलाका प्रहरी कार्यलय बुढिनन्दाका प्रहरी निरिक्षक केशब खडकाले वताएका छन् । भवन नहुदा अरुको भवनमा कार्यलय सञ्चालन गरेका छौ, सेवा प्रवाह र प्रहरीको बसाइ ब्यबस्थापनमा निकै समस्या भएको खडकाले वताएका छन् ।
इलाका प्रहरी कार्यलयका बुढिनन्दाले बाजुराका चारवटा पालिकाको सुरक्षा हेर्ने गरेको छ । त्यो क्षेत्रमा ५३ हजार बढी जनसंख्या रहेको छ, भौगोलिक विकटताले पनि निकै टाढा रहेको यो क्षेत्रमा थप प्रहरी राख्नुपर्ने आवश्यक रहेको जिल्ला प्रहरी कार्यलय बाजुरामा डिएसपी दिलीप कुमार गिरीले वताए । तर भवन नहुदा थप प्रहरी पठाउन निकै समस्या रहेको उनले वताए । सदरमुकाम मार्तडी बाट निकै टाढा रहेकाले यो क्षेत्रमा थप प्रहरीको आवश्यक रहेको वताए ।
इलाका प्रहरी कार्यलय बुढिनन्दामा थुनुवा कक्ष थुनुवालाइ एकदिन राखेर सदरमुकाम मार्तडी पठाउने गरेका छन् । प्रहरी निरिक्षक बस्ने क्वाटर पनि विमानस्थलको भवनको साहारामा बस्ने गरेका छन् । भवनका लागि प्रयाप्त जग्गा नहुदा भवन बनाउन नसकेको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ । विमानस्थलको छेउमा पुग नपुग २  रोपोनी जग्गा रहेको त्यो अप्रयाप्त रहेको छ । भवनका लागि कम्तीमा पनि ५ रोपनि आवश्यक रहेको प्रहरीले जनाएको छ ।
जग्गा नहुदा भवन निर्माणका लागि बजेट ब्यबस्थापन हुन नसकेको प्रहरीले जनाएको छ । जग्गाका लागि स्थानीय सरकार सँग समन्वय गरेको भएपनि जग्गाकतै बाट ब्यबस्थापन हुन सकेको छैन्  । जग्गा ब्यबस्थापन नहुदा केही बर्ष पहिला बुढिनन्दा नगरपालिकामा रहेको नेपाली सेनाको ब्यारेक समेत फिर्ता भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार