• होमपेज
  • समाज
  • बाजुरामा एक जनामा डेंगू सङक्रमण, मार्तडी र कोल्टी उच्च जोखिममा

बाजुरामा एक जनामा डेंगू सङक्रमण, मार्तडी र कोल्टी उच्च जोखिममा

  • शनिबार, असार १, २०८१
बाजुरामा एक जनामा डेंगू सङक्रमण, मार्तडी र कोल्टी उच्च जोखिममा

टेक बहादुर बुढा —बाजुरामा एक जनामा डेंगू सङक्रमण पुष्टि भएको छ । जिल्लाको गौमुल गाउँपालिका वडा नम्बर ४ कि २० बर्षिया गर्भवती महिलामा डेंगूको सङक्रमण पुष्टि भएको घट्मुना आधारभूत अस्पतालले जनाएको छ । डेंगू संक्रमित गर्भवती महिलाको अस्पतालमा उपचार भइरहेको र सामान्य अवस्था रहेको अस्पतालमा कार्यरत मेडिकल अधिकृत डाक्टर रामानुज हाथीले बताएका छन् ।

अहिले बर्षायमसंगै गर्मीको समय भएकाले जिल्लामा डेंगूको संक्रमण फैलिन सक्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् । जिल्लाको सदरमुकाम मार्तडी र बुढिनन्दाको कोल्टी क्षेत्र डेंगू संक्रमण फैलिन सक्ने उच्च जोखिम भएकाले विशेष सर्तकता अपनाउनु पर्ने जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले बताए । मार्तडीमा धेरै भिडभाड हुनुका साथै बजारबाट ढलहरु उचित ठाउँमा व्यवस्थापन नहुँदा फोहोर हुने र कोल्टीमा बर्षातमा अलि गर्मी हुने भएकाले डेंगुको उच्च जोखिम रहेको उनले बताए ।

डेंगुको सङ्क्रमण भएमा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, थकान महशुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, श्वास फेर्न गाह्रो हुने, पेट तथा खुट्टा सुनिने जस्ता लक्षणहरु देखा पर्ने गरेको स्वास्थ्यकर्मीहरुको भनाइ रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार