• होमपेज
  • बडिमालिका
  • बडिमालिका ८ मा लैंगिक हिंसा रोकथामका लागि क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

बडिमालिका ८ मा लैंगिक हिंसा रोकथामका लागि क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

  • शुक्रबार, जेष्ठ ३२, २०८१
बडिमालिका ८ मा लैंगिक हिंसा रोकथामका लागि क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

बाजुरा– बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर ८ ले लैंगिक हिंसा रोकथामका लागि सचेतना तथा क्षमता अभिवृद्धि कार्यक्रम गरेको छ । शुक्रबार वडा नम्मर ८ को आयोजनामा वडामा रहेको महिलाहरुको सहभागितामा सचेतनामूलक तथा क्षमता अभिवृद्धि कार्यक्रम गरेकोवडा अध्यक्ष चन्द बहादुर थापाले बताएका छन ।
नगरपालिकामा हुने हिसांका घटना न्युनिकरणमा गर्न महिलाहरु नै अग्रसर हुनुपर्ने नगर उप प्रमुख नन्दा कुमारी थापाले बताइन । कार्यक्रममा बोल्दै उप प्रमुख थापाले हिंसाका घटना न्युनिकरण गर्न सबैले लाग्नुपर्ने बताएकी छन ।
लैंगिक हिंसा रोकथाम गर्नका लागि महिलाहरुमा सचेतना तथा क्षमता अभिवृद्धि गर्न उदेश्यका साथ एक दिने अभिमुखिकरण कार्यक्रम गरेको वडा अध्यक्ष थापाले बताएका छन् । महिला माथि हुने घरेलु तथा लैंगिक हिंसा रोकथाम गर्नका लागि सचेतना तथा क्षमता अभिवृद्धि कार्यक्रमले ठुलो सहयोग पुग्ने वडा अध्यक्ष थापाले बताए ।
बडिमालिका नगरपालिका वडा नम्मर ८ का वडाअध्यक्ष चन्द बहादुर थापाको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि नगर उप प्रमुख नन्दा कुमारी थापा रहेकी थिईन वडा सचिव गोरख बहादुर रावलले संचालन गरेको कार्यक्रमको स्वागत मनोसामाजिक कर्ता शुसिला थापाले गरेकी थिइन ।

चर्चामा

सम्बन्धित समाचार