शुक्रबार, असार ७, २०८१
  • होमपेज
  • बुढीगंगा
  • ब्यबासायिक क्षेमता अभिबृद्धि तथा उद्धम बिकाश तालिम सम्पन्न

ब्यबासायिक क्षेमता अभिबृद्धि तथा उद्धम बिकाश तालिम सम्पन्न

  • बिहिबार, जेष्ठ ३१, २०८१
ब्यबासायिक क्षेमता अभिबृद्धि तथा उद्धम बिकाश तालिम सम्पन्न

बाजुरा– बुढिगंगा नगरपालिकाको आयोजनामा युवाहरुलाई ७ दिने ब्यबासायिक क्षमता अभिबृद्धि तथा उद्धम बिकाश तालिम दिएको छ । औधगिक लगानी र पुर्वाधार, समृद्ध बुढिगंगाको बलियो आधार, भन्ने मुल नाराका बुढीगंगा नगरपालिकाको आयोजनामा उद्यमशीलता विकास तालिम सम्पन्न भएको हो ।
बुढिगंगा नगरपालिकाका युवाहरुको ब्यबासायीकतामा सञ्चालन गरिएको तालिमको समापन कार्यक्रममा वोल्दै नगर प्रमुख नगर प्रमुख राम बहादुर बानियाले सिप मुलक तालिम पश्च्यात आफुले सिकेको सिपको आधारमा व्यवसाय सञ्चालन गरी आय आर्जनमा वृद्धी गर्न सम्पुणर् तालिमका सहभागिहरुलाइ अनुरोध गरेका छन । नगर प्रमुख बानियाले नगरपालिकाको सहयोगमा थुप्रै सिप मुलक तालिम प्रदान गरिसकेको वताउदै अन्य तालिम जस्तै यस तालिमलाई पनि तालिममा मात्रै सिमित नराखी व्यवहारमा लागु गर्न सवैमा आग्रहसमेत गरेका छन । नगरपालिकाले नवीनतम सोच भएका युवाहरूलाई नयाँ नयाँ व्यवसायहरू स्थापना तथा सञ्चालन गर्न उद्यमशीलता विकास तालिम सञ्चालन गरिरहेको नगर प्रमुख बानियाले बताएका छन ।
नगर उप-प्रमुख माया कुवर खड्काले महिलाहरुले अव घरको चुलो चौकोमा मात्र सिमित नरही व्यवसाय मुलक सिप सिकी आत्मनिर्भर हुन सवैलाइ आग्रह गरेकी छन । देशको अर्थतन्त्रमा देखिएको विद्यमान गरिबी, बेरोजगारी अर्ध-बेरोजगारी र सिजलन बेरोजगारीजस्ता समस्यालाई परिलक्षित गरी उद्यमशीलता विकास तालिम कार्यक्रमको माध्यमबाट स-साना लघु तथा घरेलु उद्योगहरू सिर्जना गर्नु आवश्यक देखिएकाले नगरपालिकाले यस प्रकारका कार्यक्रहरूलाई जोड दिएको नगर उप प्रमुख खड्काले बताएकी छन ।
वेरोजगार युवा युवतीहरुलाई सिप मुलक तालिम प्रदान गरी रोजगार श्रृजना गर्ने उदेश्यले सिप मुलक तालिम पुर्व व्यवसाय सञ्चालन सम्वन्धी सम्पुणर् ज्ञान प्रदान गर्ने उदेश्यले सञ्चालन गरिएको सचेतना मुलक तालिममा व्यवसाय के हो? व्यसायको महत्व किन?, लघु उद्यम भनेको के हो ?, सफल उद्यमीका विशेषताहरू, लक्ष्य निर्धारण, सिर्जनशीलता, व्यावसायिक अवसरका पहिचान गर्ने आधारहरू, विक्रयकला, व्यवसायको प्रारम्भीक छनोट गर्ने आधारहरू, व्यवसायको अन्तिम छनोट, बजार र बजारीकरण, व्यावसायिक योजना लगायतका विषयमा प्रशिक्षण गरिएको छ ।
७ दिने ब्यबासायिक  क्षेमता अभिबृद्धि तथा उद्धम बिकाश तालिमको समापन कार्यक्रम बुढीगंगा नगरपालिका नगर उप प्रमुख माया कुवर खड्काको अध्यक्षतामा संचालन गरिएको थियो । सो कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख राम बहादुर बानिया रहेका थिए । अतिथिहरुमा नगर प्रबक्त हेमराज जैशी, डम्मर थापा लगायत ब्यबासायिक तथा क्षेमता अभिबृद्धि तथा उद्धम बिकाशतालिमका सहभागीहरुको सहभागिता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार