शुक्रबार, असार ७, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढिगंगा नगरपालिकाद्धारा कृषि मेला प्रदर्शनी

बुढिगंगा नगरपालिकाद्धारा कृषि मेला प्रदर्शनी

  • बिहिबार, जेष्ठ ३१, २०८१
बुढिगंगा नगरपालिकाद्धारा कृषि मेला प्रदर्शनी

बाजुरा– जिल्लाको बुढिगंगा नगरपालिकाद्धारा कृषि मेलाको आयोजना गरिएको छ । बुढीगंगा नगरपालिका कृषि शाखाको आयोजनामा बुढिगंगामा कृषि मेलाको आयोजना गरिएको हो । कृषि मेलामा नगरपालिकाका कृषकले उत्पादन गरेका विभिन्न कृषि उपजहरु प्रदर्शनीमा राखिएको थियो । नगरपालिकाका कृषकहरुले उत्पादन गरेका कृषि उपजको बजारीकरण र उत्पादनमा जोड दिन कृषि मेलाको आयोजना गरिएको बुढीगंगा नगरपालिकाका नगर प्रमुख राम बहादुर बानियाले बताए ।

No description available.

कृषि मेलामा नगरपालिका कृषकहरुले उत्पादन गरेको रैथाने बालीहरुमा खाद्यान्न बाली, दलहन बाली, तरकारी बाली, फलफूल बाली, मसला तथा नगदे बाली र विविध बाली अन्तरगत विभिन्न प्रकारका वस्तुहरु पदर्शनीमा राखिएको छ । बुढीगंगा नगरपालिका भित्रका कृषिकहरुले आफुले उत्पादन गरेका वस्तुहरु मेलामा ल्याएको बुढीगंगा नगरपालिका कृषि शाखाले जनाएको छ ।

No description available.

प्रदर्शनीमा राखिएका उत्कृष्ट वस्तुहरुलाई पुरस्कृत समेत गरिएको छ । कृषकले उत्पादन गरेका कृषि उपजहरुको प्रदर्शनी गर्ने र उत्कृष्ट कृषि उपज उत्पादन गर्ने कृषकलाई पुरस्कृत गर्ने गरी स्थानीय तहमा कृषि मेला प्रदर्शनी आयोजना गरिएको नगर उपप्रमुख माया कुवर खड्काले बताएकी छन । यो कार्यक्रमले व्यवसायिक कृषकहरुलाई थप प्रोत्साहन मिल्ने विश्वास कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । बुढिगंगा नगरपालिका कृषि शाखा कार्यालयले आयोजना गरेको प्रदर्शनी कार्यक्रममा लिबर्ड, गिफ्ट नेपाल बाजुरा, डब्लुएपी लगाएतको गैरसरकारी संस्थाहरुको सहयोगमा कार्यक्रमको आयोजना गरिएको थियो ।

No description available.

ब्यवासयी कृषी नगरपालिका समृद्धी भन्ने मुल नाराका साथ नगरपालिकाको प्राङगणमा भब्य कार्यक्रमका साथ सम्पन्न भएको थियो । कार्यक्रममा बिभिन्न वडाका किसान महिलाहरुले स्थानिय उत्पादन र स्थानिय उत्पादनको महत्व रैथाने बाली जोगाउनु पर्ने जस्ता बिषय देउडा मार्फत प्रस्तुत गरेका थिए । त्यस्तै अन्य रैथाने बाली जोगाउने सम्बन्धि जनचेतनामुल कार्यक्रम समेत प्रस्तुत गरिएको थिए ।

No description available.

बुढीगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरेन्द्र नाथको अध्यक्षतामा संचालन भएको कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख राम बहादुर बानिया रहेका थिए । बिषिष्ठ अतिथिमा नगर उप प्रमुख माया कुवर खड्का, जिल्ला प्रहरी कार्यालय बाजुरा प्रमुख, ससस्त्र प्रहरी वलका प्रमुख कृषि ज्ञान केन्द्र बाजुराका प्रमुखहरु रहेकबा थिए ।

चर्चामा

सम्बन्धित समाचार