• होमपेज
  • राजनीति
  • जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित

जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित

  • बुधबार, जेष्ठ ३०, २०८१
जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित

जनकपुरधाम — जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् ।

पार्टी स्थापनादेखि नै नेतृत्व गर्दै आएका यादव जनकपुरमा भइरहेको राष्ट्रिय महाधिवेशनबाट पुनः अध्यक्ष चयन भएका हुन् ।

अध्यक्षमा यादवको मात्र उम्मेदवारी परेको थियो ।

अध्यक्षबाहेकका पदमा नेताहरूको उम्मेदवार परे पनि नामावली भने सार्वजनिक भइसकेको छैन ।

मधेश प्रदेशको जनकपुरधामस्थित महेन्द्रनारायण निधि भवनमा जारी महाधिवेशनबाट २०१ सदस्यीय केन्द्रीय समितिका लागि आज बिहान ८.३० बजेदेखि उम्मेदवारी दर्ता कार्य भइरहेको निर्वाचन समितिले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार