• होमपेज
  • राजनीति
  • सुदूरपश्चिमको मन्त्री सिफारिसमा नाम छुटेपछि माओवादीमा लफडा

सुदूरपश्चिमको मन्त्री सिफारिसमा नाम छुटेपछि माओवादीमा लफडा

  • सोमवार, जेष्ठ २८, २०८१
सुदूरपश्चिमको मन्त्री सिफारिसमा नाम छुटेपछि माओवादीमा लफडा

धनगढी — सुदूरपश्चिम प्रदेश सरकारको मन्त्री सिफारिसमा नाम छुटेपछि माओवादी केन्द्रभित्र विवाद भएको छ । संसदीय दल र पार्टीभित्र छलफल नै नगरी दलका नेता मानबहादुर धामीले मन्त्री बन्नेहरूको नाम सिफारिस गरेको भन्दै विवाद भएको हो ।

माओवादी केन्द्रबाट अक्कल रावल, ओमविक्रम भाट र लक्ष्मी बिकको नाम सिफारिस गरिएको छ । उनीको नियुक्त रोक्न माग गर्दै मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई बाँकी सांसदहरूले संयुक्त रूपमा पत्रचार गरेका छन् ।

माओवादी सांसद खगराज भट्ट, झपट साउद, शिव ओली, रमेश धामी र जानकी कुवर पौडेलले संयुक्तरूपमा मुख्यमन्त्री सोडारीलाई ध्यानाकर्षण बुझाएका हुन् । यहाँ माओवादीका सभामुखसहित ११ सांसद छन् ।

यस्तै नेकपा एमालेले पनि मन्त्री बन्ने ३ जनाको नाम सिफारिस गरेको छ । एमालेबाट सुरेन्द्र पाल, वीरबहादुर थापा र हिरा सार्कीको नाम सिफारिस भएको छ । सोमबार ५ बजे मन्त्रीहरूको शपथ ग्रहणको तयारी गरिएको प्रदेश प्रमुख कार्यालय निकट स्रोतले बतायो । राताेपाटीबाट

चर्चामा

सम्बन्धित समाचार