शुक्रबार, असार ७, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा आइपिभी खोप अभाव

बाजुरामा आइपिभी खोप अभाव

भोलिबाट पुनः खोप अभियान सञ्चालन

  • आइतवार, जेष्ठ २७, २०८१
बाजुरामा आइपिभी खोप अभाव

टेक बहादुर बुढा —बाजुरामा पोलियो रोग विरुद्धको आइपिभी खोप अभाव भएको छ । जिल्लामा यस बर्ष आइपिभी खोप लगाइने ७ हजार ३ सय १९ जना मध्ये ६ सय ९४ बालबालिकाका लागि खोप अभाव भएको हो ।

जेठ १३ गतेदेखि आइपिभी खोप अभियान सञ्चानल भएकोमा हालसम्म ८९ प्रतिशत अर्थात ६ हजार पाचँ सय ४९ जनालाई खोप लगाइएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । जिल्लाका नौ वटा स्थानीय तहहरु मध्ये हालसम्म स्वामिकार्तिक खापर, खप्तड छेडेदह, हिमाली गाउँपालिका, त्रिवेणी, बुढीनन्दा नगरपालिकाका लक्षित सम्पूणर् बालबालिकाहरुलाई आइपिभी खोप लगाइएको छ ।

त्यस्तै बडिमालिकामा ३०, बुढिगंगा नगरपालिकामा ३ सय ८९, जगन्नाथ गाउँपालिकामा २ सय २० र गौमुल गाउँपालिकाका ५५ जना बालबालिकाहरुलाई खोप अभावका कारण सोमबारबाट पुनः लगाउन सुरु गरिने स्वास्थ्य कार्यालय बाजुराका खडकराज गिरीले बताएका छन् ।
उनका अनुसार यस बर्ष आइपिभी खोप अभियानमा नौ वटै पालिकाका ७ हजार ३ सय १९ जना लक्षित संख्याका लागि ७ हजार ४ सय डोज खोप आएकोमा २ हजार ३ सय ५८ डोज खोप अभाव भएको छ । जिल्लामा लक्षित संख्याका लागि मात्रा भन्दा कम खोप आएकाले खोप अभाव भएको बताइएको छ ।

आइपिभी खोप लगाउन बाँकी रहेका पालिकाका बालबालिकाहरुका लागि सोमबार खोप पुगेर भोलिबाट नै पुनः अभियान सुरु हुने स्वास्थ्य कार्यालय बाजुराले जानकारी दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार