शुक्रबार, असार २१, २०८१
  • होमपेज
  • समाज
  • झोलुंगे पुलमा फसेका खच्चडमध्ये ९ वटाको उद्धार, २ वटाको मृत्यु

झोलुंगे पुलमा फसेका खच्चडमध्ये ९ वटाको उद्धार, २ वटाको मृत्यु

  • आइतवार, जेष्ठ २७, २०८१
झोलुंगे पुलमा फसेका खच्चडमध्ये ९ वटाको उद्धार, २ वटाको मृत्यु

 अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लट्ठा चुँडिदा फसेका ९ वटा खच्चड सकुशल उद्धार गरिएको छ । उद्धार गर्ने क्रममा २ वटा खच्चडको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय दैलेखका निमित्त जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले जानकारी दिए ।

अछामबाट दैलेख आउने क्रममा आज बिहान पुलको लट्ठा चुँडिदा फसेकामध्ये अझै २ वटाको उद्धार गर्नै बाँकी रहेको कोइरालाले जानकारी दिए । पुलबाटै उद्धार सम्भव नभएपछि तार काटेर कर्णालीमा खसाल्न थालिएको थियो ।

पुलबाट खसालिएका खच्चडलाई नदीमा डुंगाबाट उद्धार गरिएको थियो ।

स्थानीय भरत साउदका अनुसार फसेका फसेका बाँकी च्चड निकाल्न झनै जोखिम छ । ‘तार काटेर झारियो भने सिधै मर्ने भए । तिनको उद्धार गर्न अछामबाट सशस्त्रको अर्को टोली आउँदैछ’, उनले भने ।

यो झोलुंगे पुलले सुदूरपश्चिम र कर्णाली प्रदेशलाई जोड्ने गर्दछ । पुल अछामको पञ्चदेवल विनायक नगरपालिका ९ र दैलेखको आठबीस नगरपालिका ४ लाई जोड्ने काम गर्दछ । पुलको लट्ठा चुँडिदा दैलेख–अछाम आउजाउ गर्नेसहित विद्यार्थीहरु पनि प्रभावित भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार