• होमपेज
  • बुढीगंगा
  • बाजुरामा एक पसलमा आगलागी हुँदा २० लाखको क्षति

बाजुरामा एक पसलमा आगलागी हुँदा २० लाखको क्षति

  • शनिबार, जेष्ठ २६, २०८१
बाजुरामा एक पसलमा आगलागी हुँदा २० लाखको क्षति

बाजुरा– बाजुराको एक पसलमा आगलागी भएको छ। जिल्लाको त्रिवेणी नगरपालिका–९ का कृष्णबहादुर बिष्टको पसलमा आगलागी भएको हो। उनले बुढीगंगा नगरपालिका–२ ताप्रिसेरामा पसल सञ्चालन गर्दै आएका थिए।

बिष्टको गोदाममा शनिवार बिहान आगलागी हुँदा गोदामभित्र रहेका खाद्यान्न, कुखुराको दाना, लत्ताकपडा लगायत गरेर करिब २० लाख मुल्यको धनमाल जलेर नष्ट भएको प्रहरीको अनुमान छ। आगलागीको कारण भने खुलेको छैन।

चर्चामा

सम्बन्धित समाचार