• होमपेज
  • बाजुरा बिशेष
  • स्थानिय तहको नीति तथा कार्यक्रम र बजेटमा मुक्त हलियाका समस्या सम्बोधन गर्न माग

स्थानिय तहको नीति तथा कार्यक्रम र बजेटमा मुक्त हलियाका समस्या सम्बोधन गर्न माग

जिल्ला समन्वय समिति बाजुरालाई चार बुदेँ ज्ञापनपत्र

  • शुक्रबार, जेष्ठ २५, २०८१
स्थानिय तहको नीति तथा कार्यक्रम र बजेटमा मुक्त हलियाका समस्या सम्बोधन गर्न माग

बाजुरा —जिल्ला हलिया मुक्ति समाज बाजुराले विभिन्न चार बुदेँ मागसहित जिल्ला समन्वय समिति बाजुरालाई ज्ञापनपत्र बुझाएको छ । स्थानीय तहहरुको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी भइरहँदा त्यसमा मुक्त हलियाका मागहरु सम्बोधन हुनुपर्ने मागसहित जिल्ला समन्वय समितिको ध्यानाकर्षण गराएको हो ।

No description available.

जिल्लाका नौ वटै स्थानिय तहहरुको आगामी नीति तथा कार्यक्रम र बजेटमा मुक्त हलियाका समस्या सम्बोधन गर्न पालिकालाई लिखित पत्रचार गरि समन्वय गरिनुपर्ने माग गरेको छ । त्यस्तै जिल्लाका बुढीनन्दा, स्वामिकार्तिक खापर, हिमाली तथा जगन्नाथका मुक्त हलिया पुर्नस्थापना कार्यवीधि पारित गरि मुक्त हलियाको लागत संकलन गरिरहेका र पाचँ पालिकामा पनि कार्यवीधि पारित गर्न समन्वय गर्न माग गरिएको हलिया मुक्ति समाज बाजुराका अध्यक्ष लालबिर सार्कीले बताएका छन् ।

पुर्नस्थापना हुन नसकेका ९८ जना र अन्तिम किस्ता रकम पाउन वञ्चित २८ जना मुक्त हलियाको विवरण मालपोत कार्यालय बाजुराबाट झिकाई सम्बन्धीत पालिकालाई तत्काल पुर्नस्थापनाका लागि लिखित पत्रचार सहित परिवारको पुर्नस्थापनाको सुनिशिचता गरियोस् ज्ञापन पत्रमा भनिएको छ ।

त्यसै गरि मुक्त हलियाका आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारको सम्वद्र्धन गर्दै विविध कार्यक्रम मार्फत सम्मानित जीवन जिउने वातावरणको सुनिश्चितता गर्न माग गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार