• होमपेज
  • मधेस प्रदेश
  • पदभार ग्रहण गर्दै मधेशका नवनियुक्त मुख्यमन्त्री सिंहले गरे ९ निर्णय

पदभार ग्रहण गर्दै मधेशका नवनियुक्त मुख्यमन्त्री सिंहले गरे ९ निर्णय

  • शुक्रबार, जेष्ठ २५, २०८१
पदभार ग्रहण गर्दै मधेशका नवनियुक्त मुख्यमन्त्री सिंहले गरे ९ निर्णय

जनकपुरधाम —मधेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले पदभार ग्रहण गर्दै नौ वटा निर्णय गरेका छन् । कृषि, शिक्षा, स्वास्थ्य, रोजगार, खेलकुदलाई प्राथमिकतामा राखेर ९ वटा निर्णय गरेका हुन् ।

No description available.

मुख्यमन्त्री सिंहले मधेशका १३६ पालिकालाई लक्षित गरी नमुना कृषि विकास समूह सहकारी वा कृषि साँझेदारीमा एक पालिका एक कृषि उत्कृष्टता केन्द्र तयार गर्ने निर्णय गरेका छन् ।

यस्तै मधेध प्रदेशका प्रत्‍येका जिल्लामा नमुनाको रुपमा एक एक वटा खुला शैक्षिक पार्क तयार गर्ने योजना रहेको उनले बताए । यस्तै मधेश प्रदेशको तथ्याङकलाई भरपर्दो र विश्वासिलो बनाउन आफ्नै डिजिटल तथ्यांक बैंक स्थापन पर्ने निर्णय भएको उनले बताए ।

वैदेशिक रोजगारबाट सीप सिकेर फर्किएका जनशक्तिलाई परिचालन गर्दै सीपलाई रोजगारसँग जोड्ने कार्यक्रम लागू गर्ने निर्णय भएको उनले बताए ।

उनले मधेशमा रहेको चरम भ्रष्टाचार न्युनीकरण गर्दै सुशासन कायम गर्नु आफ्नो मुख्य प्राथमिकता रहेको बताए । उनले भने, ‘ म जतिदिन पदमा रहन्छु, सबै दललाई मिलाएर सहकार्य गरेर जनताको पक्षमा काम गर्छु।’

चर्चामा

सम्बन्धित समाचार