• होमपेज
  • बुढीगंगा
  • बाजुरामा टेलिकमको मोवाइल टावर तोडफोड

बाजुरामा टेलिकमको मोवाइल टावर तोडफोड

  • बिहिबार, जेष्ठ २४, २०८१
बाजुरामा टेलिकमको मोवाइल टावर तोडफोड

टेक बहादुर बुढा —बाजुरामा नेपाल टेलिकमको मोवाइल टावर तोडफोड गरिएको छ । जिल्लाको बुढीगंगा नगरपालिका वडा नम्बर ९ बाह्रबिसमा रहेको नेपाल टेलिकमको मोवाईल टावर तोडफोड भएको नेपाल दुरसञ्चार शाखा बाजुराले जनाएको छ ।

टावर करिब एक महिना पहिले नै पूणर् रुपमा तोडफोड भएको हुन सक्ने भएपनि जेठ २२ गते दुरसञ्चारको टोली टावर भएको स्थानमा पुगेपछि मात्रै थाहा भएको दुरसञ्चार बाजुराका प्रमुख लोक बहादुर खड्काले बताएका छन् । उनका अनुसार २०७९ मा पनि टावर तोडफोड गर्दा दुरसञ्चार प्राधिकरणले सोलार पाता थपेर नियमित सुचारु गरेको भएपनि पुनः पूर्ण रुपमा ध्वस्त पारेको छ । टावर तोडफोड गर्दा टावर माथिका एन्टिना बाहेक अन्य कुनै उपकरण नभएको जनाएको छ ।

टावरको तोडफोडबाट चार्जिङमा राखिएका सोलार प्यानल, ब्याट्री, जक्सन बक्स, सोलार चार्जर, टु जी, फोर जी कम्पिलिट, कन्ट्रोल बक्स, पावर केवल लगायतका लाखौं मूल्य बराबरका उपकरणमा क्षति भएको जनाएको छ । मोवाइल टावर पूणर् रुपमा तोडफोड भएपछि त्याँहाको सञ्चार सेवा प्रभावित भएको छ ।

घटनाको ढिला जानकारी दिइएपछि टावर तोडफोडमा संलग्न व्यक्तिहरुको खोजी कार्यका लागि बिहिबार बिहानै प्रहरीको टोलीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी दिलीपकुमार गिरीले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार