• होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • मार्तडीमा सञ्चालित निःशुल्क मुटुरोग परिक्षण शिविरबाट ४८ सय विद्यार्थी लाभान्वित

मार्तडीमा सञ्चालित निःशुल्क मुटुरोग परिक्षण शिविरबाट ४८ सय विद्यार्थी लाभान्वित

  • मङ्लबार, जेष्ठ २२, २०८१
मार्तडीमा सञ्चालित निःशुल्क मुटुरोग परिक्षण शिविरबाट ४८ सय विद्यार्थी लाभान्वित

टेक बहादुर बुढा —बाजुराको सदरमुकाम मार्तडीमा सञ्चालन गरिएको एक दिवसिय निःशुल्क मुटुरोग परिक्षण शिविरबाट ४८ सय विद्यार्थीहरु लाभान्वित भएका छन् । नेपाल हृदयरोग निवारण प्रतिष्ठान शाखा बाजुराको आयोजना र नेपाल हृदयरोग निवारण प्रतिष्ठान केन्द्रीय कार्यालय काठमाडौंको सहयोगमा देशका विभिन्न अस्पतालमा कार्यरत मुटुरोग विशेषज्ञ डाक्टरको टोली दुर्गम जिल्ला बाजुरा पुगेर सञ्चालन गरिएको शिविरमा सामुदायिक तथा निजी विद्यालयमा अध्यनरत विद्यार्थीहरुको निःशुल्क मुटुरोग परिक्षण गरिएको छ ।

सदरमुकाम मार्तडी स्थित मालिका नमुना मावि, बाल मन्दिर आधारभूत विद्यालय, बडीमालिका बोर्डिंग स्कुल, क्रियटर जोन एकेडेमी, कन्भर्स ऐकेडेमी र समता स्कुलमा अध्यनरत ४८ सय विद्यार्थीहरुको मुटुरोग परिक्षण गरिएको नेपाल हृदयरोग निवारण प्रतिष्ठान शाखा बाजुराले जनाएको छ ।

शिविरमा मुटुरोग परिक्षण गरिएका मध्ये ४० जनामा समस्या देखिएको र पाचँ जनाको तत्काल शल्यक्रिया गर्नुपर्ने भएकोले उनीहरुलाई निःशुल्क उपचारका लागि काठमाडौं लिइने नेपाल हृदयरोग निवारण प्रतिष्ठान शाखा बाजुराका सचिव दयाराम पण्डितले बताएका छन् ।
शिविरमा बालबालिकाहरुको निःशुल्क मुटुरोग परिक्षण गरिनुका साथै मुटुरोग सम्बन्धीे समस्याहरुको सचेतना समेत दिइएको सचिव पण्डितले बताए ।

विशेषज्ञ डाक्टरहरुके टोली दुर्गममा पुगेर निःशुल्क मुटुरोग परिक्षण गरिएपछि विपन्न र तथा आर्थिक अवस्था कमजोर परिवारका बालबालिकाहरुलाई राहत मिलेको छ । शिविर सदरमुकाम मार्तडीमा रहेको मालिका नमुना माध्यमिक विद्यालयमा संचालन गरिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार