• होमपेज
  • समाज
  • खानेपानीको माग गर्दै कोल्टीका स्थानिय आन्दोलित

खानेपानीको माग गर्दै कोल्टीका स्थानिय आन्दोलित

  • सोमवार, जेष्ठ २१, २०८१
खानेपानीको माग गर्दै कोल्टीका स्थानिय आन्दोलित

बाजुरा —बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिकाको कोल्टी बजारमा खानेपानीको हाहाकार भएपछि बजारबासी आन्दोलित भएका छन् । बर्षौ देखि समस्या झेल्दै आएका बजारबासीले महिना दिनदेखी खानेपानी नआएको भन्दै सोमबार बजार बासीले रितापानीका भाडाहरु गाग्री, ड्रमबजाउदै नारा जुलुस सहित नगरपालिका घेराउ गरका छन् ।

कोल्टी बजार क्षेत्रका नागरिकले बर्षौ देखी खानेपानीको समस्या झेल्दै आएको कोल्टी बाजारमै होटेल ब्यवसायी गरिरहेका अमर गिरीले बताए । नागरिककलाई कहिले केही बहानामा कहिले केही बहानामा भुलाउनु बाहेक नगरपालिकाको काम नै केही नभएको गिरीले बताए । यो भन्दा पहिले नेपाली काँग्रेशले नेत्तृव गरेर पाँच बर्षसम्म नागरिकका आँखामा छारो हालेर कार्यकाल सकाएको उनले आरोप लगाए । अहिले नेकपा एमालेको नगर सरकारका छ,अहिले पनि केही सुधार भएको छैन । यस्तो गर्मी छ नागरिकले खानेपानी अभावले तड्पिनु पर्ने अवस्था आएको उनले बताए ।

कोल्टी बजार बाजुरा जिल्लाको उत्तरी क्षेत्रका चार स्थानिय तह र कणर्ाली प्रदेशका हुम्ला, मुगु, कालिकोटका केही स्थानिय तहको मुख्य ब्यापारीक केन्द्र हो । खानेपानी अभावका कारण कोल्टी बस्न आएका पाहुना समेत नबस्ने भएपनि व्यावसाय समेत धरापमा परेका छन् ।

सोही क्षेत्रको कोल्टी प्राथामिक स्वास्थ्य केन्द्रमासमेत खानेपानी अभावले समस्या भएको छ । स्वास्थ्य सस्था सरसफाईका हिसावले सम्बेदनशिल क्षेत्र हो, खानेपानी अभावका कारण राम्रोसंग सरसफाई समेत नहुँदा सरुवा रोगले महामारीको रुप लिन सक्ने कोल्टी प्राथामिक स्वास्थ्य केन्द्रमाकार्यरत मेडिकल अधिकृत्त प्रतिकन्यौपानेले बताएका छन् । गर्मी समयमा विरामीको चाप धेरै छ । दिनमा १ सय ५० बढी विरामी उपचारका लागि आउने गरेका छन् ।

धेरै विरामी फोहोर पानीका कारण झाडापखालाका विरामी आउने गरेका छन् । झाडापखाला फोहोर पानीकै कारण बढी हुन्छ । कोल्टी प्राथामिक स्वास्थ्य केन्द्रमा खानेपानीको हाहाकार भएको पनि महिना दिन बढी भएको छ । यसरी लामो समयसम्म हाहाकार हुने हो भने महामारी फैलनसक्ने स्वास्थ्यकर्मीले बताएका छन् । बजारमा खानेपानी आउदैन नदि खोलाको फोहोर पानी पिउदा महामारी फैलने त्यतिकै डर रहेको बजार बासीको गुनासो रहेको छ ।

बुढीनन्दा नगरपालिका प्रमुख जनककुमार बोहराले खानेपानीको हाहाकार नभएर अभाव भएको बताए । खानेपानी बजारको मागको आधारमा कम छ । ब्यवस्थापन नहुँदा अभाव भएको बताए । कोल्टी बजार तल्लो र माथिल्लो दुई क्षेत्रमा छ तल्लो बजार गए माथिल्लो बजार कम हुने र माथिल्लो बजार गए तल्लो बजार कम हुन्छ । खानेपानी अभावलाई दिर्घकालिन समाधानको लागि नगरपालिकाले पहल गरिरहेको बताए ।

यो समय खोनपानीको मुहान नै सुकेर कम हुन्छ । त्यसैमा नागरिक पनि जवाफ देखी हुदैनन खानेपानीको लागि आफु खुशी काट्ने उखेलेर फाल्ने अर्काको पाईप निकालिदिने भएका कारण ब्यवस्थापनमा समस्या भएको प्रमुख बोहोराले बताए ।

बुढीनन्दा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत्त शन्तोष कुमार शाहले बिच बजारका नागरिकले खानेपानीको लाईन काटेर तल्लो बजारलाई नदिएका कारण नागरिहरु आन्दोलित भएका हुन,कर्मचारी पठाएर खानेपानीलाई समान वितरण गर्ने सहमतिभएर काम थालीएको बताए ।

चर्चामा

सम्बन्धित समाचार