• होमपेज
  • बडिमालिका
  • बुढिगंगा नदिमा थन्कियो बेलिब्रिज, तिन बर्षसम्म पनि सार्न भएन पहल

बुढिगंगा नदिमा थन्कियो बेलिब्रिज, तिन बर्षसम्म पनि सार्न भएन पहल

  • सोमवार, जेष्ठ २१, २०८१
बुढिगंगा नदिमा थन्कियो बेलिब्रिज, तिन बर्षसम्म पनि सार्न भएन पहल

बाजुरा —बाजुराको बडिमालिका नगरपालिका अन्तर्गत साँफे–मार्तडी सडक खण्डको जडाङ्गमा रहेको बेलिब्रिज नदिमै थन्किएको छ । पक्कि पुल निर्माण सम्पन्न भएको तिन बर्ष पुग्न लाग्दा सम्म पनि अन्य ठाउँमा सार्न पहल नहुदा नदिमै पुल थन्किएको छ । जडाङ्गको बुढिगंगा नदिमा दुइवटा गाडि गुड्ने पुल छन् । तर जिल्लाका अरु सडकखण्डमा भने एउटा पुल पनि निर्माण हुन सकेको छैन् । जिल्लाका मार्तडी कोल्टि सडकखण्डका तिन ठुला नदि र काँडा आटिचौर मार्तडी जोडने सडक खण्डको भौनेरामा पुल निर्माण नहुदा अहिले बर्षातमा यातायात पुर्ण रुपमा ठप्प रहेको छ ।

जिल्ला तहमा बेलिब्रिज अर्को ठाउँमा सारिनुपर्ने स्थानियले माग राखेपनि अन्यत्र लिने अहिले सम्म कुनै योजना बनेको छैन् । उक्त पुल सडक बिभागको हो, सडक बिभागले कता सार्न भन्ने ठोस योजना नहुदा बेलिब्रिज नदिमै थन्किएको प्रमुख जिल्ला भिमकान्त पौडेलले वताएका छन् । अन्य ठाउँमा सारेको भए अन्य ठाउँका बासिन्दा प्रत्यक्ष लाभाबान्ति हुने थिए, आफ्नो क्षेत्रबाट पहल भइरहेको पौडेलले बताएका छन् ।

बेलिब्रिज सार्नका लागि जिल्ला स्तरामा पटक पटक सर्वदलिय बैठक बसेपनि प्रदेश र संघ बाट बजेट ब्यबस्थापन नहुदा नदिमै अलपत्र बनेको छ । जडाङ्गमाको बुढिगंगा नदिमा २०७७ साल साउन २५ गते देखी आएको बाढीले बेलिब्रिज बगाएको थियो । सडक बिभागले तत्काल ठेक्का खोलेर सोही बर्षको माघ महिना बाट बेलिब्रिज सञ्चालनमा ल्याएको थियो । बेलिब्रिज सञ्चालनमा आएको १ बर्ष पछि खोलमा पक्कि पुन निर्माण कार्य सम्मपन गरेर सञ्चालनमा आएको थियो । पक्कि पुल सञ्चालनमा आएपछि बेलिब्रिज भने नदिमा त्यतिकै अबस्थामा थन्किएको थियो ।

जडाङ्गमामा तत्कालिन समयमा सडक डिभिजन कार्यलय साँफेबगरले बेलिब्रिज ढुवानी देखि निर्माणका लागि १ करोड ८८ लाख ठेक्का आव्हान गरेर काम गरेको थियो । सडक डिभिजन कार्यलय साँफेबगरका एक कर्मचारीले भने बेलिब्रिज कता लिने कुनै निर्णय नभएको बताएको छ । केन्द्रबाट कहाँ लिने निर्देशन आएको छैन्, बाजुराका धेरै नदिमा आबश्यक छ, तर कहाँ लिने कुनै योजना नभएको सडक डिभिजन कार्यलय साँफेबगरले बताएको छ ।

मार्तडी कोल्टि सडक अन्तर्गत अनाइखोलाले एकबर्ष पहिला ट्याक्टर बगाउदा चालक अहिले सम्म बेपत्ता रहेका छन् । खोलामा पुल नहुदा ट्याक्टर रातिको समय खोला तार्न खोज्दा माथि आएको बाढीले गाडि बगाएर चालक बेपत्ता बनाएको थियो । बडीमालिका नगरपालिका नगरप्रमुख अम्मर खड्काले भने बुढिगंगा नदिमा रहेको बेलिब्रिज अन्तसार्नका लागि हामीहरुले पहल त गरेका थियौ, संघिय सरकारको बेलिब्रिज भएकाले सडक बिभागले निर्णय गर्न नसक्दा अलपत्र बेलिब्रिज अबस्थामा रहेको खड्काले बताएका छन् ।

उक्त बेलिब्रिज निर्माण देखि स्थापना गर्दा १० करोड भन्दा बढी खर्च हुने गरेको छ । करोडौको बेलिब्रिज अहिले प्रयोगबिहिन छ, अन्त सार्न कसैको ध्यान नगएको स्थानियले वताएका छन् । बाजुरा बाट निर्वाचित संघिय र प्रदेश सांसदले अन्यत्र सार्नका लागि पहल गरिरहेको वताएपनि पहुँच नपुगेकै कारणले नदिमै थन्किएको स्थानियको आरोप रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार