• होमपेज
  • बुढीगंगा
  • बाजुरामा हावाहुरीले विद्यालयमा क्षति गरेपछि पठनपाठन प्रभावित

बाजुरामा हावाहुरीले विद्यालयमा क्षति गरेपछि पठनपाठन प्रभावित

  • सोमवार, जेष्ठ २१, २०८१
बाजुरामा हावाहुरीले विद्यालयमा क्षति गरेपछि पठनपाठन प्रभावित

बाजुरा— बाजुरामा हावाहुरीले विभिन्न विद्यालयमा भाैतिक क्षति गरेपछि पठनपाठन प्रभावित भएको छ । शुक्रवार र शनिबार चलेको तीव्र हावाहुरीले जिल्लाका विभिन्न विद्यालयका छाना उडाएकाे जानकारी प्राप्त भएको छ ।

शनिवार बेलुकी चलेको तीव्र हावाहुरीले जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ५ किम्नी स्थित जनज्योति आधारभूत विद्यालयमा एक भवन र एक शौचालयको छाना उडाएको शिक्षक डम्म विकले बताएका छन् । हावाहुरीले विद्यालयको छाना उडाउँदा पढाई प्रभावित भएको बताए । बालबिकास देखि तीन कक्षासम्म पढाई हुने जनज्योति आविको छानो उडाएपछि  पठनपाठनमा समस्या भएको शिक्षक विकले बडिमालिका खबरलाई बताए ।

त्यस्तै शुक्रबार दिउँसो र बेलुकी चलेको हावाहुरीले खप्तड छेडेदह गाउँपालिका वडा नम्बर १ को काँडा भवानी माध्यामिक विद्यालय र बुढीगंगा नगरपालिका वडा नम्बर २ को बजेडी आधारभूत विद्यालयकोे भवनको छाना उडाएको विद्यालयले जनाएका छन् ।
हावाहुरीले विद्यालयका छाना उडाएपछि पठनपाठन प्रभावित भएको छ ।

यस बिषयमा जिल्ला प्रहरी कार्यालय बाजुराले भने अहिलेसम्म मुचुल्काको लागि भने कुनै निवेदन नआएको जानकारी दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार