• होमपेज
  • समाज
  • बाजुराको त्रिवेणीकी जौला आर्थिक अभावले उपचार गर्न नसक्दा अलपत्र

बाजुराको त्रिवेणीकी जौला आर्थिक अभावले उपचार गर्न नसक्दा अलपत्र

  • आइतवार, जेष्ठ २०, २०८१
बाजुराको त्रिवेणीकी जौला आर्थिक अभावले उपचार गर्न नसक्दा अलपत्र

टेक बहादुर बुढा —बाजुराको त्रिवेणी नगरपालिका-६ पन्धारा कि ४० बर्षिया जौला देवी बुढा आर्थिक अभावमा अलपत्र अवस्थामा रहेकी छन् । उपचारका लागि चितवनको भरतपुर क्यान्सर अस्पताल पुगेकी उनी अलपत्र परेकी छन् । जौलाको बाँया खुट्टाको घुडा देखि कम्मरसम्म रड हाल्नु परेको छ ।

रड किन्ने पैसा नहुँदा अलपत्र जौला अहिले अस्पतालमा छट्पटाइ रहेकी छन् । उनलाई अस्पतालले रड किन्न ५ लाख ५० हजार रुपैयाँ चाहिने भनेको छ । रड किन्न मात्र ५ लाख ५० हजार भनेको छ, अप्रेशन तथा उपचार गर्न थप पैसा लाग्ने परिवारले बताएको छ । उपचार गर्न त टाढाको विषय उपचारको समयमा ३ महिना बस्न खाना खर्च र बस्न पैसा नभएको जौलाकी छोरी दिपिका बुढाले बताएकी छन् ।

जौलाको ६ बर्ष पहिला बायाँ खुट्टाको घुडा माथि कम्मरसम्म रड हालेको थियो । हड्डीमा संक्रमण भएपछि हड्डीको केही भाग काटेर रड राखेको थियो । त्यो बेला रड र उपचार गरेर १२ लाख रुपैयाँ खर्च भएको परिवारले बताएको छ । एक महिना पहिले रड फेरि भाच्चिएपछि हिड्डुल गर्न नसकेर जौला थला परेकी छन् । फेरि समस्या भएपछि परिवारले उपचारका लागि उनलाई चितवन पुगाएका थिए ।

चितवनमा पुनः रड हाल्नु पर्ने रड किन्न ५ लाख ५० हजार भनेपछि उनी आर्थिक अभावले बिचल्लीमा परेकी छन् । चितवन पुगाएको १५ दिन पुग्दा सम्म पनि उपचार गर्ने कुनै टुङ्गो नभएको परिवारले जनाएको छ । उनको परिवारले उपचार सहयोगका लागि सबैलाई हारगुहार गरिरहेका छन् । जौलाको आर्थिक अवस्था निकै कमजोर हुँदा उनको परिवारमा दैनिक छाक टार्न पनि धौ, धौ परिवारले जनाएको छ । उनको परिवार क वर्गको गरिब हो ।

उनका श्रीमान बिर बहादुर बुढा उनको बुवाको क्रियामा रहेका छन् । उनी पनि गत माघ महिना देखि थला परेर बैशागीको सहारामा हिडडुल गर्ने गरेका छन् । उनले पनि एक बर्ष पहिला धनगढीमा हड्डीको अप्रेसन गरेका थिए

चर्चामा

सम्बन्धित समाचार