• होमपेज
  • बाजुरा बिशेष
  • बाजुरासहित तीन जिल्लामा अवरुद्ध फाइबर नेट सेवा सुचारु

बाजुरासहित तीन जिल्लामा अवरुद्ध फाइबर नेट सेवा सुचारु

  • शुक्रबार, जेष्ठ १८, २०८१
बाजुरासहित तीन जिल्लामा अवरुद्ध फाइबर नेट सेवा सुचारु

टेक बहादुर बुढा—बाजुरा सहित अछाम र डोटी जिल्लामा अवरुद्ध भएको एनटी फाइबर नेट सेवा सुचारु भएको छ । बिहिवार दिउँसो हावाहुरीले डोटीको शिखर नगरपालिका गोपघाटमा अप्टिकल लाइन काटिएका कारण एनटी फाइबर नेट सेवा अवरुद्ध भएको थियो ।

हावाहुरीले तीन पोल ढलेर पाचँ सय मिटर काटिएपछि एनटी फाइबर नेट सेवा अवरुद्ध भएको नेपाल टेलिकम बाजुराले जानकारी दिएको छ । इन्टरनेट सेवा अवरुद्ध भएपछि बिहिवार साझँ प्राविधिकको टोली पुगेर आज दिनभर मर्मत गरेपछि शुक्रवार साझँ इन्टरनेट सेवा सुचारु भएको जनाएको छ ।

दुई दिनसम्म इन्टरनेट सेवा अवरुद्ध भएपछि जिल्लाका सरकारी तथा निजि कार्यालयहरुमा सेवा प्रवाह ठप्प भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार