• होमपेज
  • समाज
  • बुढिनन्दा नगरपालिका ४ मा भागो अल्लो प्रशोधन केन्द्र संचालनमा

बुढिनन्दा नगरपालिका ४ मा भागो अल्लो प्रशोधन केन्द्र संचालनमा

  • बुधबार, जेष्ठ १६, २०८१
बुढिनन्दा नगरपालिका ४ मा भागो अल्लो प्रशोधन केन्द्र संचालनमा

बाजुरा —बाजुराको बुढिनन्दा नगरपालिका वडा नम्बर ४ मा अल्लो भागो प्रशोधन केन्द्र संचालन भएको छ । स्थानीय उद्यमी अधानसिंह रोकायाले वैकल्पिक उर्जाको ६० प्रतिशत आर्थिक सहयोग र बाकीँ आफ्नै लगानीमा प्रशोधन केन्द्र संचालनमा ल्याएका हुन् ।

स्थानीय उत्पादनलाई बजारीकरण गरेर आर्थिक अवस्थामा सुधार ल्याउने उदेश्यका साथ व्यवसायिक रुपमा भागो अल्लो प्रशोधन केन्द्र संचालनमा ल्याएको सन्चालक अधानसिंह रोकायाले बताएका छन् ।

बुढीनन्दाका कुरु, घोडाकोट, अगाउपानी, डिमरपानी, लमालबाड र गेडेगाँउ लगायतका क्षेत्रमा पर्याप्त मात्रामा उत्पादन हुने अल्लो र भागोलाई प्रशोधन गरेर बजारीकरणका लागि प्रशोधन केन्द्र सञ्चालन गरेको बताए । लामो समयदेखिको कार्य अनुभवपछि पछिल्लो समय अल्लो र भागोका सामाग्रीहरुको बजारमा माग बढ्दै गएपछि यसलाई व्यावसायिक रुपामा फर्म संचालन गरेको बताएका छन् ।

उक्त प्रशोधन केन्द्रमा अल्लो र भागोबाट कपडा, टोपि, जुत्ता, झोला लगायतका सामाग्री उत्पादन हुने भएका छ्न

चर्चामा

सम्बन्धित समाचार