बिहिबार, कार्तिक १, २०८१
  • होमपेज
  • समाज
  • बझाङमा ठुलीआमाको हत्या आरोपमा एक युवक पक्राउ

बझाङमा ठुलीआमाको हत्या आरोपमा एक युवक पक्राउ

  • बुधबार, जेष्ठ १६, २०८१
बझाङमा ठुलीआमाको हत्या आरोपमा एक युवक पक्राउ

बझाङ— बझाङमा ७० वर्षीया ठुलीआमाको हत्यार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

जिल्लाको बुङ्गल नगरपालिका–११ तल्लो मौरेबाँजका ३६ वर्षीय हरजितबहादुर पातलीले ठुलीआमा कलुली देवी पातलीको हत्या गरेका हुन्। उनले मङ्गलवार राति मापदक पदार्थ सेवन गरेर ठुलीआमा नता पर्ने कलुलीदेवीलाई कुटपिट गरेका थिए।उनको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले बताएको छ।

अस्थायी प्रहरी पोस्ट पुतलीलेक र जिल्ला प्रहरी कार्यालय, बझाङको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। घटनाको विषयमा प्रहरीले थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार