• होमपेज
  • खेलकुद
  • विश्वकप छनोट : नेपाल र युएईको खेल साउदीमा हुने

विश्वकप छनोट : नेपाल र युएईको खेल साउदीमा हुने

  • बुधबार, जेष्ठ १६, २०८१
विश्वकप छनोट : नेपाल र युएईको खेल साउदीमा हुने

दशरथ रंगशालामा हुने भनिएको नेपाल र युएईको विश्वकप छनोटको खेल साउदी अरबमा हुने भएको छ । यही जेठ २४ गते नेपाल र युएईबिच हुने दोस्रो राउण्डको विश्वकप छनोटको खेल साउदी अरबमा हुने भएको हो ।

दशरथ रंगशालाको संरचना र भौतिक पूर्वाधारको विषयमा एसियाली फुटबल महासघंले प्रश्न उठाएपछि घरेलु मैदानमा हुने भनिएको प्रतिस्पर्धा साउदीमा हुन लागेको हो । फुटबल महासंघले मैदानको अवस्था, फ्लडलाइट र समग्र प्राविधिक र भौतिक सुरक्षामाथि नै प्रश्न उठाएपछि खेल हुन नसकेको हो।

जेठ २४ गते हुने खेल साउदीको दमामामा रहेको प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा स्थानीय समय अनुसार साँझ ७ बजे हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार