• होमपेज
  • बडिमालिका
  • बडिमालिका ६ कि महिलाकाे बलात्कारपछि हत्याका आरोपित प्रहरीद्धारा सार्वजनिक

बडिमालिका ६ कि महिलाकाे बलात्कारपछि हत्याका आरोपित प्रहरीद्धारा सार्वजनिक

  • मङ्लबार, जेष्ठ १५, २०८१
बडिमालिका ६ कि महिलाकाे बलात्कारपछि हत्याका आरोपित प्रहरीद्धारा सार्वजनिक

बाजुरा —बाजुराको बडिमालिका नगरपालिका वडा नंः ६ कि ४५ बर्षीया धौली बडुवालको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । बडुवालको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका संलग्न सशंकित हत्यारालाई मंगलवार जिल्ला प्रहरी कार्यालय बाजुराले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।

घटनाको जाँच तथा खोजीको क्रममा महिलाको हत्यामा संलग्न सोहि वडाका ५१ बर्षिया लाल बहादुर बडुवाललाई प्रहरीले सार्वजनिक गरेको छ । महिला गत सोमवार कोर्ध गाउँबाट २ घण्टा टाढा रहेको बुढाकोर्ध लेखमा आफ्नै गोठमा मृत अवस्थामा फेला परेकी थिइन् ।

गत मंगलबार घटनाको अनुसन्धानका क्रममा हत्यामा संलग्न लालबहादुरको घरबाट दुई थान भरुवा बन्दुक समेत बरामद गरिएको थियो । महिलाको हत्यामा प्रत्यक्ष संलग्न लालबहादुरले महिलाको छानामा गएर तत्काल उठेको रिस तथा पुरानो रिसिबीका कारण बलात्कारपछि काठ र्चिपट र ओदान प्रयोग गरेर जेठ ६ गते राति हत्या गरेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय बाजुराले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक सहितको टोलीले घटना घटेको दिनदेखि नै गरेको अनुसन्धानबाट संलग्न लालबहादुरले सोधपुछको क्रममा गरेको सावित बयानमा भनिएको प्रहरीले जनाएको छ । घटनामा फेला परेका प्रमाणले महिलाको हत्या उनले नै गरेको पुष्टि भएको प्रहरीले जनाएको छ ।

घटनाबाट प्राप्त तथा संकलित सवुद र अन्य प्रमाणलाई परिक्षणको लागि केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला काठमाडौ र नेपालगञ्जमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी दीलिपकुमार गिरीले बताएका छन् । महिलाको हत्यामा संलग्न लालबहादुर विरुद्ध किटानी जाहेरी लिई जिल्ला अदालत बाजुराबाट ७ दिनको म्याद थप गरि घटनाको थप अनुसन्धान भइरहेको डिएसपी गिरीले बताए ।

चर्चामा

सम्बन्धित समाचार