• होमपेज
  • समाचार
  • कार्यदलमा ४ बुँदे सहमति, प्रधानमन्त्रीसमक्ष प्रतिवेदन पेश

कार्यदलमा ४ बुँदे सहमति, प्रधानमन्त्रीसमक्ष प्रतिवेदन पेश

  • मङ्लबार, जेष्ठ १५, २०८१
कार्यदलमा ४ बुँदे सहमति, प्रधानमन्त्रीसमक्ष प्रतिवेदन पेश

काठमाडौं— संसदीय छानबिन समिति गठनका लागि बनेको कार्यदलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाएको छ। आज बिहान कानुन मन्त्रालयमा बसेको कार्यदलको बैठकमा सहमति जुटेपछि कार्यदलका सदस्यहरुले सिंहदरबारमा प्रधानमन्त्री समक्ष प्रतिवेदन पेश गरेको हो।

प्रधानमन्त्री सचिवालयका अनुसार संसदको गतिरोध अन्त गर्नका लागि राजनैतिक सहमति निर्माण र संसदीय समितिको कार्यादेश निर्माणका लागि गठित कार्यदलले प्रधानमन्त्रीलाई कार्यकक्ष सिंहदरबारमा प्रतिवेदन बुझाएको हो।

कार्यदलमा ४ बुँदे सहमति भएको छ।

यी हुन् सहमतिका बुँदा
१. समग्र सहकारीको संरचनात्मक समस्या हेर्ने
२. समस्याग्रस्त सहकारीको विषय हेर्ने
३. गोरखा मिडिया नेटवर्कसँग सम्बन्धित व्यक्तिमाथि छानविन गर्ने
४. गोरखा मिडिया नेटवर्कमा पैसा गएका सहकारीको छानबिन गर्ने

चर्चामा

सम्बन्धित समाचार